काठमाडौं ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पेन्टागनका गुप्तचर निकाय प्रमुख लेफ्टिनेन्ट जनरल जेफरी क्रुजलाई पदबाट हटाएका छन्।
इरानमाथि गरिएको आक्रमणको प्रभावबारे गुप्तचर निकायले तयार पारेको मूल्याङ्कन ह्वाइट हाउसले अस्वीकार गरेको केही सातापछि क्रुजलाई बर्खास्त गरिएको हो।
साथै, नौसैनिक रिजर्भ प्रमुख र विशेष युद्ध कमाण्डका कमाण्डरलाई पनि पदमुक्त गरिएको पेन्टागनले जनाएको छ। राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्ना नीतिसँग असहमत देखिने अधिकारीहरूलाई पदबाट हटाउँदै आएका छन्।











प्रतिक्रिया