काठमाडौँ।
रौतहट सदरमुकाममा आइतबार बिहान सुटकेसभित्र फेला परेको महिलाको शवको सनाखत भएको छ।
उक्त शव रौटहटको माधव नारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति शंकास्पद अवस्थामा ठूलो सुटकेस भेटिएको थियो। राति नै स्थानीयले प्रहरीलाई खबर गरेका भए पनि प्रहरीले आज बिहान मात्रै सुटकेस खोलेर हेरेको हो।
घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ। तर, हत्या कसले र किन गर्याे खुलिसकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया