सवारी दुर्घटनामा परी एकको ज्यान गयो, एक घाइते

1.5k
Shares

उदयपुर। 

 चौदण्डीगढी नगरपालिका वडा नं ०६ द्वार खोलाको पुलस्थित मदन भण्डारी लोकमार्गमा साउन ३० गते भएको एक दुर्घटनामा  घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । धनुषाबाट धरान तर्फ आउँदै गरेको प्र.२ –०२–००३ प ३७०८ नं को मोटरसाइकललाई ईटहरीबाट गाईघाटतर्फ जाँदै गरेको को १ च ८७९९ सुमोले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु  भएको तथा सोही मोटरसाईकलमा सवार १ जना घाइते भई उपचाररत रहेका छन् ।

 मोटरसाइकल चालक जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४८ को विनोद लामा र सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ घर भएका वर्ष ४५ कि सिफल सदाको अवस्था गम्भीर भई उपचारको लागि बिराटनगर स्थित नोबेल अस्पताल लगी उपचार  गराउने क्रममा चालक विनोद लामाको भदौ ७ गते राती २३ः३० बजे मृत्यु  भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। 

 मोटरसाइकलको पछाडी सवार सिफल सदाको सोही अस्पतालमा उपचार भइरहेको छ। सुमो चालक त्रियुगा नगरपालिका वडा नं ६ बस्ने वर्ष ३६ को प्रेम कार्कीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।