ट्रम्पले पुटिनलाई युद्धविरामका लागि दुई हप्ता समय दिए


काठमाडौं ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्तामा बस्न दुई हप्ता समय दिएका छन्।

एक अन्तर्वार्तामा ट्रम्पले यदि दुई हप्तामा अवस्था सुधार नभए रूसमाथि कडा प्रतिबन्ध लगाउने या युक्रेनलाई आफैँ निर्णय लिन दिने चेतावनी दिएका छन्।

ट्रम्पले हालै अलास्कामा पुटिनसँग भेट गरेका थिए भने त्यसपछि जेलेन्स्की र युरोपेली नेताहरूसँग पनि छलफल गरेका थिए। उनले द्विपक्षीय वार्ता पछि त्रिपक्षीय वार्ताको योजना अघि सारेका छन्।