साफ यू-१७ : भुटानलाई २–१ ले हराउँदै नेपालको जीत


काठमाडौं ।

साफ महिला यू-१७ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध २–१ को पुनरागमन जीत निकालेको छ।

शुक्रबार भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि सहारा लिम्बुले ५८ औं र ७७ औं मिनेटमा गोल गर्दै जित दिलाइन्।

यस जितसँगै नेपालले ३ अंक जोडेको छ। पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो भने भुटानले बंगलादेशसँग ३–१ को हार व्यहोरेको थियो।