जिल्लामा आपाङ्गमैत्री संरचना निर्माण गर्न सरोकारवालाको जोड 

7.43k
Shares

बाजुरा। 

 हिमाली गाउँ पालिका वडा नं ६ धिमका कल्चु शार्की विगत २४ वर्षदेखि सदरमुकाम मार्तडीमा सम्झना सुसेन्टर जुत्ता बनाउने ब्यसाय गर्दै आएका छन् । उनी शाररिकरुपमा पूर्णरुपमा अपाङ्ग देखिन्छन् । उनी  दुबै खुट्टाले हिड्न सक्दैनन् । उनले बाहिर भित्र गर्दा चारहात खुट्टा टेकेर हिँड्नु पर्छ । हुन त उनले नेपाल सरकारबाट “क” वर्गको परिचयपत्र पनि पाएका छन् । सरकारबाट नियमानुसार पाउनुपर्ने अपाङ्ग भत्ता पनि बुझ्दै आएका छन् । तर जिल्लामा आपाङ्गमैत्री संरचना नहुँदा उनको निवासबाट करिब तिनसय मिटर टाढा रहेको जिल्ला प्रशासन कार्यालय पनि नदेखेको उनले  दुई दशक भयो । 

पिठ्युँ लागेर नागरिकता लिन जाँदा वाहेक त्यसपछि जिल्ला प्रशासन कार्यालय कस्तो छ ? उनलाई थाह छैन । उनको सम्झनामा स्लेटले छाएको दुईतले घरबाट अहिलेको प्रशासनिक भवन  चार तलाको विल्डिं बनिसकेको छ ।  तर त्यो संरचना कस्तो छ ? प्रत्यक्ष आँखाले देख्न पाएका छैनन् । जिल्ला प्रशासन  नागरिक गुनासो सुन्ने थलो हो हाम्रा पीरमर्का बुझ्ने कार्यलय हो तर हामी जस्ता अपाङ्गलाई उक्त कार्यलय संसार भयो शार्कीले भने । गैहाले पनि चारतले विल्डिं उक्लन महाभारत पर्छ त्यसैले कोजास उनको कथन छ । 

जुत्ता सिलाई ब्यबसाय अँगाल्दै आएका शार्की आपाङ्गता भएकै कारण उनको ब्यसाय पनि खस्किदो अवस्थामा छ । टेलीफोन सम्पर्क गर्दा कार्यक्रम छैन भन्छन् । आफै गएर भनसुन गर्नसक्ने आवस्था छैन।  ह्वीलचियरको सहायतामा कार्यालय परिसरसम्म गएपनि कार्यालय भित्र जानसक्ने अवस्था छैन उनको दुःखेसो छ  ।

 त्यस्तै सदरमुकाम मार्तडी स्थित  बडिमालिका नौ तल्लावाडाकी दृष्टीवहिन एक महिला जन्मे देखि घर वाहिरभित्र बाहेक अन्य कतै जानै सक्दिनन् । आमाको हात समातेर कहिले काहीँ स्थानीय पालिका बडिमालिका नगरपािलकामा जांदा उक्ली नसक्ने खुट्किला अनि भ¥याङ्ग टेक्दै झस्किन्छिन् र तयही खुट्किलामा बस्छिन् । लड्ने डरले पालिकाको  कायृकक्षसम्म पुग्ने हिम्मत गदेनिन् । उनले भनिन् हामी आपाङ्गका लागि कुनै संरचना नै छैनन्। न सजिलो बाटो छ । न घर छन् ,नगाडी छन् । 

त्यस्तै बडिमालिका ८ थापावाडाका मानवहादुर थापा बहिरा छन् । सरकारका कुरा सुन्ने र आफ्ना बेदना सुनाउने रहर त थियो तर अपाङ्ग मैत्री कुनै कार्यकम नै नपाएको गुनासो उनको छ । 

उनीहरु  त  जिल्लाका एक प्रतिनीधिमुलक घटनाका नमुनापात्र मात्र  हन्। बाजुरामा अन्य जिल्लाको तुलनामा अपाङ्गता भएका को संख्या धेरै छ । गत बुधबार दिउँसो मानव संशाधन केन्द्र ( एच आर्सी ) बाजुराले   बडिमालिका नगरपालिकाको पहिलो तला सभाहलमा अपाङ्ग नीति व्यवस्था तथा आर्थिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यशाला गोष्ठीमा  सार्वजनिक गरेको एक तथ्यांक अनुसार बाजुरामा चार हजार चारसय चवालिस नागरकि अपाङ्ग छन् । जस्मा शाररिक अपाङ्गता भएका २१४३जना, लोभिजन भएका ५३०,अन्धा २१०,डिफ ५५५जना,  मल्टी डिसएवल ३२५र  सुस्त श्रवण भएका २५० जना छन्  । त्यसैगरी स्वरवोलाई सम्बन्धी अपाङ्गता भएका २०९ ,मनोसामाजिक अपाङ्गता भएका ७० बौद्धिक ४७ र  अटिज्मका १८ जना छन् । 

 पछिल्लो समयमा जन्म पूर्व र जन्म अवधिभर अपाङ्गता भन्दा  जन्मपश्चात अपाङ्गता भएका अर्थात दैबीप्रकोप र सडकदुर्घटना र लागुऔषध तथा कुलत आचरणका कारण पनि अपाङ्ग जीवन बिताउन बाध्यछन् गोष्ठिका सहजकर्ता अग्नीराज शाहीले भने । अपाङ्ग सम्बन्धी ऐन २०७४ले व्यवस्था गरेको कार्यविधी कार्यन्वयन गरे केही हद्सम्म अपाङ्ग ब्यक्तीले राहात पाउन सक्छन् उनले भने  । नेपालमा कानन ुबन्छन् कार्यन्यवन अत्यन्त कम हुन्छ । बनेका कानुन कार्यन्वयनको सुक्ष्म अनुगमन गर्दा कार्यान्वयन भएको देखिदैन । अपाङ्गमैत्री  संचरना  सिंहदरबारदेखि गाउँसम्म आवस्स्यक छ एच आर्सीबाजुराका  निमित्त कार्यकारी निर्देशक रमेश विकको भनाई छ।

  जिल्लाका नीजि, सार्वजनिक र सहकारी कुनैपनि निकायका संरचना अपाङ्गमैत्री नभएको सरोकारवालाको निष्कर्ष थियो । यद्येपी अपाङ्गता भएका ब्यक्तीको जीवन अत्यन्त कष्टकर छ। जिल्ला अस्पताल बाजुरा बाहेक जिल्लाका कुनै संरचना अपाङ्गमैत्री छैनन् । अपाङ्गमैत्री वतावरण वनाउन सबै सरोकारवाले जोड दिनुपर्छ उद्योयोग वाणिज्यसंघ बाजुराका अध्यक्ष देवहादुर राकोयाको भनाई छ । 

२५ सय बढी  विद्यार्र्थी अध्ययनरत मालिका नमुना विद्यालयमा पछिल्लो समयमा अपाङ्गमैत्री संरचना तथा वातावरण निर्माण गरिएको र थप सुधार गर्दे जान प्रतिबद्ध छौं मालिका माविका प्रधानाध्यापक शुभराज पाध्यायको भनाई छ ।

 जिल्लामा पसों लाखका कार्यक्रम अपाङ्गको नाममा आउँछन् तर लक्षित वर्गले कहिलै पाउँदैनन् । भेटेनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्र बाजुरामा वर्षेनी अपाङ्गका लागि भनेर  पचासैं लाख रुपैंयाको नीतिकार्यक्रम  तथा बजेट आउँछ तर लक्षित वर्गका हातमा नपरी पहुंच र पावरवालाले लैजानेगरेका छन्  पसु सेवा विज्ञ केन्द्र बाजुराका निमित्त कार्यलय प्रमुख शिद्धराज जैशीले भने ।  जिल्ला स्थित सबै संरचना अव अपाङ्गमैत्री वनाउनु र को विकल्प छैन, बडिमालिका नगर पालिकाका कार्यवाहक नगरप्रमुख डम्मर महतको भनाई छ ।  

 एच आर्सी बाजुरा  र हेन्डीक्याप इन्टरनेस्नल संस्थाले पछिल्लो समयमा बाजुराका अपाङ्ग नागरिकका लागि आर्थिक उर्पाजनमा जोड्न वित्तीय सहयोग तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले बुधबार आयोजना गरेको जिल्लास्थित विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुखलाई बोलाएर अपाङ्गता नीति व्यवस्था तथा आर्थिक समाबेशीता सम्बन्धी गोष्ठी सञ्चालन गेको थियो ।