काठमाडौं ।
प्रभू साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी सो पार्टीका दर्जनौं नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष साहसहित दर्जनौं नेताहरुलाई पार्टीमा स्वागत गरे । राष्ट्र र राष्ट्रियताका नायक प्रधानमन्त्री केपी शर्मा ओलीको भिजनलाई साथ दिनु नै नेपाल र नेपाली जनताका साथै मधेसी जनताको हित हुने ठहरसहित साहको नेतृत्वमा दर्जनौं नेताहरु एमाले प्रवेश गरेका हुन ।
देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै भएको हुनाले आफूहरु प्रवेश गरेको साहले बताए । साहले प्रभु साहको भ्रममा लागेर आफूहरु गलत बाटोतिर लागेको र देश बनाउनका लागि एमाले मात्र सही पार्टी एमाले भएको ठहरसहित प्रवेश गरेको बताए ।
साहले छोटो समयमा प्रवेश कार्यक्रम राखेको भन्दै अज मधेश प्रदेश र रौतहटका सबै नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने बताए । आम जनता पार्टीमा रहेका अधिकांश राम्रा जति एमालेमा भित्रने निर्णयसहित आफूहरु प्रवेश गरेको साहको भनाई छ । प्रवेश कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, मधेश प्रदेशका नेताहरुलगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया