काठमाडौं ।
साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आयोजक भुटानसँग दोस्रो खेल खेल्दैछ। खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा साँझ ५:४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको नेपालले तीन अंकको लक्ष्यसहित मैदानमा उत्रिनेछ। भुटानले भने बंगलादेशविरुद्ध मजबुत प्रदर्शन गरेको थियो।
दुवै टोलीबीच यो छैटौं भेट हुनेछ, जसमा नेपालले दुई जित, दुई बराबरी र एक हार खेपेको छ। चाङ्लिमिथाङ रंगशालामा भने नेपालले भुटानसँग एक हार भोगिसकेको छ, जुन २०१८ मा तेस्रो स्थानका लागि भएको खेलमा थियो।











प्रतिक्रिया