काठमाडौं।
नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीका लागि गोलकीपर प्रशिक्षकमा नियुक्त भएका छन् । मनिषले सामाजिक सञ्चालमार्फत सोको जानकारी दिएका हुन् । योसँगैं उनी विदेशी टोलीमा गोलकीपर प्रशिक्षक हुने पहिलो नेपाली गोलकीपर प्रशिक्षक बनेका छन् ।
अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ताजकिस्तानमा अभ्यास सुरु गरेको छ र मनिषले पनि काम सुरु गरिसकेका छन्।
मनिष एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली गोलकिपर प्रशिक्षक समेत हुन् । उनले भारतमा गोकुलम केरला, पञ्जाव एफसी क्लबको गोलकीपर प्रशिक्षक भएर काम गरिसकेका छन् । यस्तै उनले नेपाली ए डिभिजन टोली मनाङ मस्र्याङदी क्लबमा पनि गोलकीपर प्रशिक्षकको रुपमा काम गरिसके ।
विराटनगरका मनिषले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसीटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।











प्रतिक्रिया