रौतहट।
खानेपानी तथा सिँचाइको पहुँच बिस्तारका लागि रौतहटमा जडान गरिएका अधिकांश नयाँ डिप बोरिङ, स्यालो टयुबेल, सानो डिप बोरिङ संचालनमा नआउँदा राज्यको लगानी बालुवामा पानी खन्याए झै भएको छ । भूमिगत जलश्रोत तथा सिँचाइ बिकास डिभिजन कार्यालय सर्लाही कर्मैयाबाट आर्थीक बर्ष ०७५-०७६ देखि जडान गरिएका ६८ वटा, तराई मधेश भूमिगत जल सिचाई कार्यक्रम अन्तर्गत नवीन यान्त्रिकसिँचाइ आयोजना सुखेपोखरीबाट १५ वटा, सघिय खानेपानी तथा सरसफाई आयोजना बीरगजबाट सानो खालको ५५ वटा बोरिङ जडान गरिएको छ ।
राज्यको लगानी भएपनि जडान गर्ने निकाय बाट अधुरो कार्य गराएको कारण किसानहरु लाभान्वित हुन सकेका छैनन् । भूमिगत जलश्रोत तथा सिँचाइ बिकास डिभिजन कार्यालय सर्लाही कर्मैया बाट आर्थीक बर्ष ०७५-०७६ देखि रौतहटमा जडान गरेको ६८ वटा डिप टयुबेल मध्ये १७ वटा संचालनमा नरहेको तथा ६ वटा आशिक संचालनमा रहेको जनाइएको छ ।
कार्यालयले संचालनमा रहेको दाबी गरिएका डिप टयुबेल समेतबाट भने जति पानी आएको छैन । कार्यालयले बिधुतीकरण नगर्दै किसानको खेतमा ड्रिलिङ्ग गरेर छाडिदिएपछि डिप बोरिङ संचालन हुन नसकेको हो । पानीको समस्या हल गर्न भन्दै गरिएको अधुरो लगानीले किसानलाई प्रतिफल दिन नसकेको हो । एउटा डिप बोरिङ्गबाट किसानहरुको ४० बिगाहा खेतमा सिचाई सुबिधा पुरयाउन भन्दै राज्यले गरेको लगानी खेर गएको स्थानीय बताउछन् । भूमिगत जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय सर्लाही कर्मैयाका ईन्जिनियर निकास मिश्रले बजेट अनुरुपको कार्य गरिएको बताए ।

अनियन्त्रित रुपमा भू–जलको दोहन हुँदा जमिनभित्रको पानीको सतह झन् तल झर्दै गएको कारण वर्षा कम हुने बेलामा बोरिङ्गबाट पानीनै नआउने आएपनि पर्याप्त मात्रामा पानी आएको छैन । माधब नारायण नगरपालिका–३ सखुवाहाको डिप टयुबेल सिचाई प्रणालीबाट पानी संचालन गरेको ६ घण्टापछि आउन छाडेको अध्यक्ष राम बहादुर यादवले बताए ।
चन्द्रपुर नगरपालिका वडानम्बर ८ को बेतौनामा भने बाग्मती सिचाई आयोजनाले निर्माण गरेको नहर नजिकै ड्रिलिङ्ग गरेर बेवारिसे अवस्थामा छाडिएको छ । विगतमा निर्माण गरिएका कैयौं डिप बोरिङहरू सञ्चालनमा नआएकै कारण अलपत्र अवस्थामा रहेको छ भने पुराना बोरिङलाई बेवास्ता गर्दै नयाँ डिप बोरिङका लागि राज्यको पुनः लगानी हुँदै आएको पाइएको छ । नवीन यान्त्रिक सिचाई आयोजनाले जडान गरेको डिप बोरिङ्गबाट ६० बिगाहा क्षेत्रफल जमिनमा सिँचाइ सुबिधा पुग्ने बताइएको छ । संघीय खानेपानी तथा सरसफाई आयोजना बीरगज बाट वडान गरेको सानो बोरिङ बाट ६०-७० घरधुरी लाई खानेपानी पुग्ने प्रमुख बिपुल कुमार लाल दासले बताए ।
पुराना र बर्षै पिच्छे बोरिङ जडान गरिएपछि सुख्खा मौसममा किसानलाई खेतीपातीको बेला पानीको अभाव झनै गम्भीर बन्दै गएको छ । सिँचाइको भरपर्दो माध्यमको अभावले किसानहरू चिन्तित बनेका छन । सम्भाव्यता अध्ययन र सञ्चालन क्षमता परीक्षण बिनानै जडान गरिएका डिप बोरिङले थप संकट निम्त्याएको अवस्थामा मधेश प्रदेश सरकारले किसानलाई सिचाई सुविधाको लागि स्यालो टयुबेल जडान गर्ने भएको छ ।











प्रतिक्रिया