जापनिज इन्सेफलाइटिसबाट एक जनाको  मृत्यु


नवलपरासी। 

सङ्क्रमित लामखुट्टेकाे टाेकाईबाट सर्ने जापनिज इन्सेफलाइटिस राेगबाट पूर्वी नवलपरासीमा एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार मृत्यु हुनेमा मध्यविन्दु १ पतवारीका ५२ वर्षीय पुरूष रहेका छन् ।

त्यसै गरी जापनिज इन्सेफलाइटिसकाे संक्रमणबाट अन्य ३ जना बिरामी भएको र ती मध्ये कावासाेती १ निवासी ४४ वर्षीय महिला र साेही पालिका वडा न ६ का ५१ वर्षका पुरुष उपचारपछि निको भएको सुवेदीले बताए ।

जनस्वास्थ अधिकृत सुवेदीका अनुसार कावासाेती ३ निवासी ८२ वर्षीया जापनिज इन्सेफलाटिसबाट बिरामी महिलाकाे उपचार भइरहेकाे र अवस्था सुधाराेन्मुख रहेकाे छ ।

जिल्लाका विभिन्न वडामा जापनिज इन्सेफलाइटिसका बिरामी देखिएपछि साे प्रभावित क्षेत्रका ज्वराेका बिरामीहरूबाट आइतबार र साेमबार गरी १३  वटा रगत स्याम्पल कलेक्सन गरि परीक्षणका लागि प्रादेशिक स्वास्थ्य निर्देशनालय पाेखरा पठाईएकाे सुबेदीले बताए ।

बिशेश गरि झरि वर्षादसंगै धान खेत,बागबानीमा काम गर्ने तथा ताल किनारमा माछा मार्ने मानिसहरूमा समेत लामखुट्टेकाे टाेकाईबाट जापनिज इन्सेफलाईटसकाे संकमण फैलने विज्ञहरू बताउँछन् ।

विज्ञहरू बर्षादकाे समयमा जापनिज इन्सेफलाइटिस भाइरस प्रभावित हाँस तथा बंगुर प्रजातिका पशुपंक्षिलाई टाेकेर सङ्क्रमित भएको क्यूलेस जातकाे लामखुट्टेले याे राेगलाई मानिसमा सार्ने हुँदा घरबाहिर र झाडी क्षेत्रमा काम गर्दा लाम बाउले कपडा लगाउन सुझाव दिन्छन् ।