रसुवा ।
संघीयता लागू भएको करिब एक दशकपछि रसुवाले पहिलो पटक मन्त्री पाएको छ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ सोमबार आफ्नो गृहजिल्ला रसुवामा प्रवेश गर्दा स्थानीयवासीले भव्य स्वागत गरेका छन्।

बेत्रावती पुल पार गर्दै जिल्लामा प्रवेश गर्ने क्रममा मन्त्री तामाङलाई विभिन्न राजनीतिक दलका कार्यकर्ता, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाले फूलमाला, खादा र तालीमधुर स्वागतसहित सम्मान गरेका थिए।

हालै आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका तामाङ यसअघि रसुवाबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। मन्त्री भएपछि उनको गृहजिल्लामा पहिलो प्रवेश भएकाले स्वागत कार्यक्रमलाई विशेष महत्त्व दिइएको थियो।

स्थानीयवासीहरूले कार्यक्रममा रसुवाको विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धनमा मन्त्री तामाङको नेतृत्वमा ठोस काम हुने अपेक्षा व्यक्त गरे। उनीहरूले लामो समयदेखि उपेक्षित रहेको रसुवाले मन्त्री पाएपछि अब विकासको नयाँ बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।













प्रतिक्रिया