बझाङको विकासमा पत्रकार र सरोकारवाला निकायमा  सहकार्यकै खाँचो

4.79k
Shares

“हामी जाे विभिन्न पेसा व्यवसायमा लागेका छाै।यहाँको राजनीतिक दल प्रशासन,नागरिक समाज लगायतका व्यक्तिहरूमा अझै सहकार्यकै खाँचो रहेको देखिन्छ “

बझाङ।

सुदूरपश्चिमको हिमाली जिल्ला बझाङ अझै पनि पूर्वाधार र सेवाप्रवाहका आधारभूत सूचकांकमा पछाडि छ। शिक्षा, स्वास्थ्य, सडक खानेपानी र रोजगारीका अवसर सीमित हुँदा यहाँका जनताले दैनिकी जीवनमै कठिनाइ भोगिरहेका छन् ।  पछिल्ला वर्षमा स्थानीय सरकार, विकास साझेदार संस्था, निजी क्षेत्र र प्रवासी समुदायको योगदानले विकासको गति अघि बढेको छ। यस प्रक्रियामा पत्रकारको भूमिका ‘जनताको आवाज र विकासको प्रहरी’का रूपमा महत्त्वपूर्ण देखिएको छ।

बझाङमा कार्यरत पत्रकारहरूले विगत केही वर्षदेखि आधारभूत सेवामा देखिएका समस्या उजागर गर्दै आएका छन्। सडक निर्माणमा ढिलासुस्ती, विद्यालयमा शिक्षक अभाव, स्वास्थ्य संस्थामा औषधि र जनशक्ति नपुग्ने जस्ता विषयमा तथ्य सहितको रिपोर्टिङले स्थानीय तहलाई दबाब सिर्जना गरेको छ। पत्रकार महासंघ बझाङका पदाधिकारीहरूका अनुसार, पत्रकारले विकास योजनामा पारदर्शिता र जबाफदेहिता कायम राख्न योगदान पुर्‍याएका छन्। उनीहरूको भनाइमा, “पत्रकार केवल आलोचक मात्र होइनन्, समाधानको बाटो देखाउने मार्गदर्शक पनि हुन्।”साथै, सफल योजनाको उदाहरण प्रस्तुत गर्ने र प्रेरणादायी कामलाई प्रचार–प्रसार गर्ने कार्यले समुदायमा विकासप्रतिको सकारात्मक धारणा निर्माण भएको छ। 

सरोकारवाला निकायको चुनौती र जिम्मेवारी पनि रहन्छ । गाउँपालिका र नगरपालिकाले योजना निर्माण, बजेट परिचालन र सेवा प्रवाहमा अग्रसर भए पनि स्रोतको कमी, सीपयुक्त जनशक्ति अभाव र राजनीतिक स्वार्थका कारण कार्यान्वयनमा समस्या देखिएको छ। पछिल्लो समय प्रदेश र संघीय सरकारको सहयोग ढिलो आउने, प्राथमिकतामा फरक पर्ने तथा अनुगमन कमजोर हुनु बझाङ विकासका ठूला चुनौती हुन्। यसबीचमा पत्रकारले निरन्तर उठाएका सवालले निकायहरूलाई सचेत तुल्याउने गरेको छ तर कार्यनयन भने हुदैन् ।

बझाङमा विकासकाे मुख्य पाटाे स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउनु हाे ।  तर, ती सम्वन्धित निकायको कार्यपद्धति दीगो र पारदर्शी हुनु पत्रकारको निरन्तर प्रश्नकै कारण सम्भव भएको स्थानीय विश्लेषक तथा नेपाल पत्रकार महासंघ बझाङका संस्थापक जगत खड्काकाे ठहर छ।

संस्थापक पत्रकार खड्काका अनुसार निजी क्षेत्र र प्रवासी समुदायको लगानीले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई गतिशील तुल्याइरहेको छ। पत्रकारहरूले सम्भावना र चुनौती दुवैलाई उजागर गरेर लगानीको वातावरण बनाउन टेवा दिनु मुख्य दायित्व रहेको खड्काले बताएका छन्। 

साँच्चिकै जिल्लामा हामी जाे विभिन्न पेसा व्यवसायमा लागेका छाै।यहाँको राजनीतिक दल प्रशासन,नागरिक समाज लगायतका व्यक्तिहरूमा अझै सहकार्यकै खाँचो रहेको देखिन्छ । 

हाल बझाङमा विकासका योजना भए पनि तिनको कार्यान्वयनमा ढिलासुस्ती, अनियमितता र पारदर्शिताको कमी चुनौती बनेको छ। यस्ता समस्यालाई न्यून गर्न पत्रकार र सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको विज्ञहरूको सुझाव छ। नेपाल पत्रकार महासंघ बझाङका निवर्तमान अध्यक्ष शैलेन्द्र कुमार राेकाया भन्छन्  “पत्रकारले समस्या देखाउने र निकायले समाधान गर्ने साझा अभ्यास अझै मजबुत हुन सकेको छैन। सहकार्य सुदृढ भए बझाङको विकासमा गुणात्मक फड्को मार्न सकिन्छ राेकायाले बताए । 

बझाङ्गी समाजले बुझ्नु पर्ने मुख्य कुरा बझाङ विकासमा पत्रकार र सरोकारवाला निकाय दुवैको भूमिका समानान्तर रूपमा महत्त्वपूर्ण छ। पत्रकारिताको खबरदारीबिना जनता नबोल्ने र निकाय जवाफदेही नहुने अवस्था कायम रहन्छ। त्यसैले, सूचना र निगरानी गर्ने पत्रकारिता र कर्तव्य पूरा गर्ने निकायबीचको साझेदारीमै बझाङलाई दिगो विकासतर्फ लैजान सकिने देखिन्छ। बझाङमा नेतृत्व लिने ब्यक्तिले “समृद्ध बझाङ सुखी बझाङ्गबासी”काे सपना देख्नु सम्भावना लाई साकार पार्नु हाे । यहाँ सम्भावनाको खोजी गरी  कार्यान्वयनमा कसरी जाने भन्ने पक्ष कमजोर देखिन्छ ।