सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं । 

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेकोे हो ।  

आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको  सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ ।

यस्तै आज  चाँदीको मूल्य पनि बढेको छ ।  आइतबार २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर दुई हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।