काठमाडौँ
बिगत लामो समयदेखि आफ्ना विभिन्न ब्राण्डका उत्कृष्ट चाउचाउ उत्पादन मार्फत् नेपाली तथा विदेशी बजारका उपभोक्ता माझ सेवा पु¥याउँदै आएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको सर्वाधिक लोकप्रिय उत्पादन मध्ये गज्जबको पिरो चाउचाउ एक हो । उपभोक्ताबीच अत्याधिक रुचाइएको यो उत्पादन आज नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको छ ।
हालसम्म गज्जबको पिरो चाउचाउ २० रुपियाँमा प्रति प्याकेट उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि नयाँ तथा ठुलो प्याकेट, १२० ग्रामको गज्जबको पिरो चाउचाउ ५० रुपियाँमा बजारमा उपलब्ध गराएको छ ।
यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउ भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ भन्ने कम्पनी श्रोतको दाबी छ ।











प्रतिक्रिया