मोलुङ गाउँपालिकाले प्रकाशन गर्‍यो स्थानीय पाठ्यपुस्तक (हाम्रो मोलुङ) 

4.23k
Shares

ओखलढुङ्गा । 

ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ( हाम्रो मोलुङ ) प्रकाशन गरेको छ । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ११ जमा व्यवस्था भए बमोजिम कक्षा ६ का लागी स्थानीय पाठ्यपुस्तक ( हाम्रो मोलुङ ) को प्रकाशन गरेको हो । पाठ्यपुस्तकमा बिभिन्न ६ वटा विषय बस्तु समेटिएको छ ।

 पाठ्यपुस्तकमा मोलुङ गाउँपालिकाको भौगोलिक अवस्था र यस गाउँपालिकाले प्रदान गर्ने सेवाहरू, गाउँपालिकामा रहेका पर्यटकीय स्थानहरूको परिचय र सम्भावनाहरू, जैविक विविधता र वातावरण संरक्षण, धार्मिक सांस्कृतिक एवम् सामाजिक विविधता र सरसफाइ र फोहरमैला व्यवस्थापन जस्ता विषयहरू समेटिएका छन् ।

 गाउँपालिकाले गएको आर्थिक वर्ष २०८१-०८२ मा कक्षा ६ का लागी स्थानीय पाठ्यपुस्तक प्रकाशन गरी पालिकामा रहेका १५ वटा विद्यालयहरूमा वितरण गरिएको मोलुङ गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सरस्वती पौड्यालको भनाई रहेको छ ।

 गएको आर्थिक वर्षमा कक्षा ६ का लागि स्थानीय पाठ्यपुस्तक ( हाम्रो मोलुङ ) को प्रकाशन गरिएको र बाकी रहेका १ देखी ८ सम्मका ७ वटा कक्षाका लागि  चालु आर्थिक वर्षमा स्थानीय पाठ्यपुस्तक निर्माण गरी  वितरण गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनु भएको छ । बाकी रहेका ७ वटा कक्षाका लागी स्थानीय पाठ्यपुस्तक तयार गर्न आवश्यक बजेट समेत बिनियोजन गरिएको अध्यक्ष राईको भनाई रहेको छ । 

समाजको आवश्यकता र चाहनाहरू पुरा गर्न स्थानीय विषय बस्तुहरूलाई पाठ्यपुस्तकमा समेटिएको मोलुङ गाउँपालिकाले जनाएको छ ।