सिन्धुली।
सिन्धुलीको दुधौली नगरपालिका–१ गिचिहानी गाउँमा आइतबार दिउँसो आएको बाढीले एक जनालाई घाइते बनाएको छ भने १० घर डुबानमा परेका छन् । दिउँसो करिब साढे ३ बजे परेको वर्षाका कारण आएको बाढी गाउँमा पस्दा क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बाढीमा परेर दुधौली नगरपालिका १ गिचिहानीका करिव ५८ बर्षिया भद्रकुमारी दनुवार घाइते भएकी छन् । उनलाई उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौलीमा उपचारका लागि पठाइएको छ । उनको अवस्था मध्यम बोली रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
डुबानमा परेका घरहरूमा भद्रकुमारी दनुवारको टायलले छाएको काठको घर र गोठ, ध्यानवती कुमर दनुवार, बुद्धलाल कुमर दनुवार, आशा अधिकारी दनुवार, लक्ष्मी कुमर दनुवार, वृर्जलाल कुमर दनुवार, र केदार गिरीको पक्का घर साथै संगिता थापा, शिवनाथ दनुवार र निशा दनुवारको टायलले छाएका काठका घरहरु रहेका छन् । बाढीले घरको अन्नपात, पशुचौपाय बगाएको दुधौली नगरपालिका वडा नम्बर १ का वडा सदस्य विर बहादुर ठकुरीले बताए ।
घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक सिमोन धितालको नेतृत्वमा खटिएको १० जनाको प्रहरी टोलीले उद्धार कार्य गरेका हुन् ।











प्रतिक्रिया