काठमाडौं ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा नेपाली समयअनुसार दिउँसो सवा २ बजे खेल सुरु हुनेछ।
नेपालका कप्तान रोहित पौडेल र बंगलादेश ‘ए’ का कप्तान नुरुल हसन रहेका छन्। दुबै टोली पहिलो खेलमा पराजित भएका थिए।
सिरिजमा १० टिम सहभागी छन्, जसमा नेपालसँगै पाकिस्तान शाहीन्स, बंगलादेश ‘ए’, अमेरिकाको शिकागो किङ्समेन र अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू छन्।
नेपालले समूह चरणमा कुल ६ खेल खेल्नेछ। शीर्ष ४ टोली सेमिफाइनल पुग्नेछन्। सिरिजपछि नेपालले अष्ट्रेलियामा थप पाँच अभ्यास खेल पनि खेल्नेछ।











प्रतिक्रिया