सर्लाही।
सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।हरिपुर्वा ६ निवासी ५० वर्षीय रामपुकार यादवमाथि गोली प्रहार भएको हो । यादवको टाउकोमा गोली लागेको प्रहरी जनाएको छ ।
घाइते यादवको हरिपुर्वामा उपचार हुन नसकेपछि महोत्तरीको पर्सास्थित जानकी एकेडेमीमा लगिएको थियो । प्रहरीका अनुसार यादव घर अगाडि बसिरहेका बेला पछाडिबाट आएर अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । आक्रमणकारी फरार रहेका छन्
गोली प्रहारमा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।











प्रतिक्रिया