अर्थ मन्त्रालयमा सहसचिवहरूको व्यापक सरुवा, १२ जनाको जिम्मेवारी हेरफेर


काठमाडौँ ।

अर्थ मन्त्रालयले कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, प्रमुख भन्सार र कर प्रशासकसहित १२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी सुमन दाहाललाई दिइएको छ भने योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा टेक प्रसाद पाण्डे नियुक्त भएका छन्।

महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएपछि श्याम प्रसाद भण्डारी भन्सार विभागको महानिर्देशक बनेका छन्।

टोकनाथ लम्साल त्रिभुवन विमानस्थल भन्सार प्रमुख बनेका छन् भने भरत मणी पाण्डे भन्सार विभागको उपमहानिर्देशकमा सरुवा भएका छन्।

दीपक लामिछाने सहमहालेखा नियन्त्रकमा, रमेश अर्याल र जनकराज शर्मा आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा सरुवा भएका छन्।

त्यस्तै, दिलिप कुमार गौतम ठुला करदाता कार्यालयको प्रमुख, पदम कुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख, र विष्णु प्रसाद ज्ञवाली वीरगञ्ज भन्सारको प्रमुखमा सरुवा भएका छन्।

Oplus_16908288