काठमाडौं ।
लोक सेवा आयोगको प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका २,८८५ निजामती कर्मचारीले पछिल्ला चार वर्षमा सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन्। राज्यले ठूलो लगानीमा तालिम दिएर दक्ष बनाएका कर्मचारीले विभिन्न कारणले जागिर छाड्दा सरकारलाई आर्थिक भार बढेको छ।
राजीनामाका कारणमा घरायसी समस्या, सेवामा बढ्दो तनाव, अख्तियारको उजुरी, स्थानान्तरणको अप्ठ्यारो, कमजोर सेवा सुविधा, जनप्रतिनिधिको दबाब, विदेश जाने अवसर, वा अध्ययनलगायतका कारण देखिएका छन्।
राष्ट्रिय किताबखानाका अनुसार राजीनामा दिनेमा खरिदारदेखि उपसचिव तहसम्मका कर्मचारी छन्। केहीले पेन्सन सुविधा बढाउने उद्देश्यले अवकाश अघि नै राजीनामा दिने गरेको पनि देखिएको छ।
पूर्वसचिवहरूका अनुसार सेवा अवधीमै राजीनामा दिने प्रवृत्ति बढ्नुमा सरकारी प्रणालीको कमजोरी, अवसरहरूको आकर्षण र पारिवारिक चुनौतीहरू जिम्मेवार छन्। सरकारले यस विषयमा गम्भीर अध्ययन र समाधान खोज्नुपर्ने उनीहरूको सुझाव छ।











प्रतिक्रिया