राष्ट्रपति समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१|०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै सामाजिक सद्भाव र सामञ्जस्य कायम राख्दै विविध समुदायको संरक्षण तथा विकास गर्नु राज्यको नीति रहेको बताए।

उहाँले मुस्लिम आयोगको दायित्व गम्भीर रहेको बताउँदै आयोगले आगामी दिनमा आफ्नो कार्य अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।