काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सबै जातजाति, भाषाभाषी र क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताएका छन्। सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले मगरलगायत आदिवासी जनजातिको सशक्तीकरण र समावेशीताका लागि पार्टी प्रतिबद्ध रहेको बताए।
देउवाले मगर समुदायको प्रतिनिधित्व पार्टीमा अझ बढाउन आफूपनि सहयोगी रहने बताए। उनले मगर समुदायलाई सशक्त बनाउन नेपाल राष्ट्रिय मगर सङ्घको गठन र त्यसले समावेशी संरचना अनुसार महाधिवेशन गरेको स्मरण गरे।
उनले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशीताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ रहेको उल्लेख गरे।
महाधिवेशन शनिबारसम्म चल्नेछ।












प्रतिक्रिया