काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० मा रहेको कुलिङ अफ पिरियड सम्बन्धी त्रुटिको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन्।
प्रमुख दलका सचेतकहरूको सुझावपछि उनले उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन मन्त्रालय, संघीय मामिला मन्त्रालयलगायत सम्बद्ध निकायमा पठाउन निर्देशन दिएका हुन्।
सभामुखले प्रतिनिधि सभा सचिवालयमार्फत कार्यान्वयन अघि बढाउन सचिव हर्कराज राईलाई निर्देशन दिएका हुन्।











प्रतिक्रिया