उदयपुर ।
अस्पतालमा उपचारकालागि आएका बिरामीहरु प्राय जसो पीडामा हुन्छन । उनीहरु स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्कदा निन्याउरो अनुहार लाएर, अस्वस्थ्यताको संकेत सहित फर्कन्छन् । तर उदयपुरको एक बालिका भने मिठो मुस्कान सहितघर फकिएकी छिन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ५ की ९ वर्षकी बालिका उपचारपछि शरीरमा कुनै रोग वा दुखाई नै नभएको झैँ गरेर अत्यन्त मिठो मुस्कान सहित अस्पतालका सबै चिकित्सकहरुलाई तीन छक्क पार्दै हाँसेर अस्पतालको बेडबाट थप स्वास्थ्य लाभकालागि घर गएकी छिन ।
गाउँघरमा प्राय जसो यस्ता घटनामा घरेलु औषधी उपचार गर्ने, धामी झाक्री लाउने चलन रहेको छ भने निकै गाह्रो भएपछि मात्र अस्पतालमा उपचारकालागि लैजाने चलन छ ।
एक हप्ताअघि, दैनिक ज्याल मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवार अत्यन्तै विपन्न मुसहर समुदायकी बालिका, ९ वर्षीया काजल सदा,आफ्नो परिवारका लागि पात काट्न रूखमा चढेकी थिइन । दुर्भाग्यवश करिब १५ फिट माथिबाट खस्दा उनको बायाँ कुहिनोमा गम्भीर चोट पुग्यो । उनको बायाँ कुहिनोमा हड्डी बाहिर निस्किएको थियो ।
उदयपुर जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश कुमार पाण्डेका अनुसार जिल्ला अस्पतालको आपतकालीन कक्षमा २३ गते राति करिब ९ बजे ल्याइएकी काजलको परीक्षण गर्दा, उनको GA IIIB supracondylar fracture (Gartland-Type IV) with Closed Left distal radius ulna fracture भएको पुष्टि भयो ।
त्यसै रात, करिब २ बजे सम्म, डा. मनोज कुमार शर्मा, डा.रुपेश केसी, डा. सुमन महर्जनको नेतृत्वमा, एनेस्थेसिया टोली डा. पूजन काफ्ले र डा. ओम हरि श्रेष्ठ तथा OT :qma धिरज मण्डल र पप्पु यादवको साथमा आपतकालीन Debridement with K-wire fixation for Supracondylar fracture and CRPP for distal radius fracture को सफल शल्यक्रिया सम्पन्न भएको सूचना असधकारी पाण्डेले बताए ।
उपचारकालागि आएकी बालिका काजलले रुखमा पात टिप्न चढेको बेलामा हाँगा भाँचिएर तल झरेपछि बाँया हातको कुमको हड्डी नै बाहिर निस्केछ । मलाई बाँचुँला जस्तो लागेको थिएन । तर मैले भगवान भेट्टाएछु र अस्पतालका भगवानहरुले मलाई बचाएर घर फर्किन लागेको बताइन ।
‘काजललाई पोस्ट(अप वार्ड हुँदै ओर्थोपेडिक वार्डमा स्थानान्तरण गरियो। एक हप्तासम्म उनको उपचारमा नियमित ड्रेसिङ,IV एन्टिबायोटिक र निरन्तर स्वास्थ्य निगरानी गरिएको थियो । अर्थोपेडिक विभागका सम्पूर्ण टिम नै उनको उपचार तथा हेरचाहमा निरन्तर लागेको कारणले काजल सदा आफ्नो पुरानो बालसुलभ मुस्कानका साथ घर फर्किएकी छिन्।’ सूचना अधिकारी पाण्डेले भने ।
सबैभन्दा महत्वपूर्ण कुरा काजलको उपचार, शल्यक्रिया र अस्पताल बसाइको सम्पूर्ण खर्च पूर्ण रूपमा निःशुल्क व्यवस्थापन गरिएको हो, किनकि उनको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेछ ।
उदयपुर जिल्ला अस्पतालको ओर्थोपेडिक टोली भविष्यमा पनि यसरी नै धेरै बिरामीको जीवनमा आशा र मुस्कान फिर्ता ल्याउन निरन्तर प्रयासरत रहने छ पाण्डेले गर्वका साथ भने । ।












प्रतिक्रिया