वरिष्ठ न्युरोलोजिस्ट डा. राजु पौडेल विगत दुई दशकदेखि स्नायु रोग उपचारमा सक्रिय हुनुहुन्छ । उहाँले सन् २०१७ मा काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय स्ट्रोक सम्मेलनको अध्यक्षता गर्नुभएको थियो र विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । यसै क्रममा, नेपालमा आयोजना हुन लागेको हिमालयन इन्टरनेसनल स्ट्रोक समिट–२०२५ लाई मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी अनुसन्धान, उपचार र जनचेतना वृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा उहाँले लिनुभएको छ । नेपाल सरकारद्वारा २०८० सालमा नेपाल विद्याभूषण ए बाट सम्मानित भएका नेपाल स्ट्रोक एसोसियसनका अध्यक्ष तथा सम्मेलनको नेपालका तर्फबाट नेतृत्वकर्ता तथा न्युरोलोजिस्ट डा. पौडेलसँग यसै सन्दर्भमा नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गर्नुभएको कुराकानीको सारसंक्षेप:
नेपालमा स्ट्रोकका विषयमा के भइराखेको छ, नेपाल र नेपालीको अवस्था कस्तो छ भनेर विश्वसामु भावी योजना राख्न र यही अगस्ट १६ र १७ तारिखमा समिट गर्न लागेका छौं ।
नेपालमा स्ट्रोक भएकामध्ये ७० प्रतिशत रगतको नशा अवरुद्ध भएर र ३० प्रतिशत हेमोरेजिङ रगतको नशा फुटेर हुन्छ । १० प्रतिशतको स्ट्रोकको कारण मृत्यु हुने गरेको तथ्यांक देखिएछ । विश्वको तथ्यांक अनुसार हरेक ४ जनामा १ जनालाई स्ट्रोक हुने सम्भावना हुन्छ । नेपालमा हरेक १० मिनेटमा १ जनालाई स्ट्रोकले असर गर्छ ।
नेपालमा स्ट्रोक समिट–२०२५ कति दिन हुन्छ ?
अगस्ट १६ तारिख शनिबार र १७ तारिख आइतबार दुई दिन हुन्छ । यो नेपाल र जर्मन दुई देशका स्ट्रोक एसोसियसनको संयुक्त नेतृत्वमा हुँदै छ ।
समिट कुन–कुन विषयमा केन्द्रित हुन्छ ?
चार÷पाँच वटा विषयमा केन्द्रित हुन्छ । पहिलो दिन दिनभरि विभिन्न देशका वैज्ञानिहरुद्वारा कार्यपत्र प्रस्तुत हुन्छ । दोस्रो दिन वर्कसप हुन्छ । उक्त समय स्ट्रोकको बिरामीलाई कसरी सहज तरिकाले उपचारको पहुँचमा ल्याउने भनेर स्कोरिङ (एनआईएचएस स्कोर) बिरामीलाई नै प्रत्यक्ष सहभागी गराएर गरिन्छ । दोस्रो स्ट्रोकमा रगत बन्द भएर हुने स्केमी स्ट्रोक हुँदा रगतको ढिक्का पगाल्ने औषधि थ्रम्बोलाइसिसका बारेमा र थ्रमवेवटोमी क्याथेटर लगेर शरीरको नशाबाट दिमागमा कसरी तार पु¥याएर जमेको रगत निकाल्ने भनेर मोडलमा प्रयोगात्मक अभ्यास गरेर हेरिन्छ ।
तेस्रो स्ट्रोक भइसकेपछि मासु कडापन भएर आउँछ त्यसलाई बुटक्स दिने भनिन्छ । यो कडा भएको मांशपेशीलाई नरम बनाउनका लागि दिइने इन्जेक्सनलाई बुटक्स भनिन्छ । यसलाई बुटक्स इन इनप्यासिसिटी भन्ने नाम दिएका छौं । चौथोमा रिसर्च इन स्ट्रोक राखेका छौं । स्ट्रोकसँग विभिन्न अरू विधा समेटियोस् भनेर बिरामी भएर मासु कडा भएका दुई जना बिरामीलाई निःशुल्क रूपमा बुटक्स इन्जेक्सन दिएर इन्जेक्सन कसरी दिने भन्ने प्रयोगात्मक अभ्यास गर्दै छौं ।
यो समिट नेपालमै किन गर्न लागिएको हो ?
स्ट्रोक सम्बन्धी विश्वमा बैठकहरु भइरहन्छ । नेपालमा स्ट्रोकका विषयमा के भइराखेको छ, नेपाल र नेपालीको अवस्था कस्तो छ भनेर विश्वसामु भावी योजनासहित राख्न र चिनाउनका लागि यो समिट गर्न खोजेका हौं । नेपालमा यसअघि स्ट्रोकसम्बन्धी यस्तो खालको समिट भएको छैन ।
नेपालमा हामीले विश्वस्तरीय सेवा दिइरहेका छौं । नेपालका सीमित अस्पतालमा मात्र स्ट्रोकको सेवा छ । यसलाई सरकारले नै अपनत्व ग्रहण गरोस् भन्ने पनि हो । जनमानसमा पनि जनचेतना पुगेको छैन । सरकारले नेतृत्व लिएर नीति–नियम बनाई आम नागरिकको पहुँचमा पुग्ने गरी अघि बढाउनुपर्छ । सरकारले नै स्ट्रोक उपचारको सेवा विस्तार गर्न सकोस् र स्ट्रोकबाट हुने मृत्युदरलाई कम गर्न सकोस् भन्ने हाम्रो भनाइ हो ।
स्ट्रोक समिट–२०२५ मा कुन–कुन देशबाट को–को विज्ञले भाग लिँदै छन् ?
भारतबाट विश्व स्ट्रोक अर्गनाइजेसनका अध्यक्ष प्राडा जयराज पानिया, अमेरिकाबाट दुई जना स्ट्रोक इन्टरभेसनका विशेषज्ञ प्राडा डेविट लेप्स्किन्ड र विश्वको प्रख्यात अनुसन्धानकर्ता प्रोफेसर ग्रिक एन्डरसन आउँदै हुनुहुन्छ । न्यूजल्यान्डबाट प्रोफेसर एनान आउँदै हुनुहुन्छ । सिंगापुरबाट दुई जना न्युरोलोजिस्ट आउँदै हुनुहुन्छ । भारतबाट प्राफेसर शैलजा सही पनि आउँदै हुनुहुन्छ । त्यस्तै अफ्रिका, इजिप्ट, अस्ट्रेलिया लगायतका देशबाट वैज्ञानिक प्रोफसरहरु आउँदै हुनुहुन्छ ।
यस्तो सम्मेलन योभन्दा पहिला पनि भएको थियो कि ?
सन् २०१७ सालमा स्ट्रोक सम्बन्धी सानो सम्मेलन गरेका थियांै । हिमालयन इन्टरनेसनल स्ट्रोक समिट पहिलोपटक भइरहेको छ । यो बृहत् रूपमा ४ देखि ५ सय विषय विज्ञ लगायतको सहभागितामा यति धेरै वैज्ञनिक वक्ता बोलाएर पहिलोपटक गर्दै छौं ।
प्रस्तुतिको मोडल कुन–कुन खालको हुन्छ ?
स्ट्रोक भनेको न्युरोलोजी, न्युरो सर्जरी, स्ट्रोकको सर्जरी, थ्रम्बोलाइसिस, बिरामीलाई अस्पतालको सुधार कसरी गर्ने, रिफरल सिस्टम कसरी बनाउने, बिरामी भएदेखि अन्तिम अवस्थासम्म के गर्ने, हुनै नदिन के गर्ने र भइहाल्यो भने कसरी समयमा उपचार गर्ने र अस्पतालमा आकस्मिक बिरामी आयो भने कुन समयमा यसलाई उपचार गर्ने, सघन उपचार कक्षमा निगरानी कसरी राख्ने, बिरामी डिस्चार्ज हुँदा पनि के–के औषधि कसरी दिने र पुनःस्थापना कसरी गर्ने भनेर विभिन्न सेसन गरी हरेक सेसनको थिम फरक–फरक गरेर समावेश गरेका छौं ।
यो समिटबाट नेपाललाई के फाइदा हुन्छ ?
नेपालको स्ट्रोकको अवस्था के छ भन्ने प्रस्तुति दिँदै छौं । नेपाल स्ट्रोक एसोसियसन र नेपाल स्ट्रोक प्रोजेक्टले विगत ५ वर्षदेखि कार्यक्रम गर्दै आएका छौं । त्यसको उपलब्धि के भयो भन्ने विषयमा प्रस्तुति गर्छौं । साथै भावि योजना पनि प्रस्तुत गर्छौ । त्यो सँगसँगै नेपालको नीति निमार्णका लागि स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनको पनि सहभागिता हुने हुनाले सबै सरोकारवाला निकायलाई बोलाएर नेपाललाई भावि स्ट्रोक न्यूनीकरणका लागि कस्तो नीति ठीक हुन्छ भन्ने विषयमा पनि नीति निर्मातालाई मार्गदर्शनको बाटो खुला गर्ने अपेक्षा गरेका छौं ।

विश्वमा स्ट्रोकका बिरामी कति छन् र नेपालको अवस्था कस्तो छ ?
विश्वको आँकडा विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हेर्ने हो भने हरेक वर्ष १ करोड ५० लाख जनालाई स्ट्रोक हुन्छ । तीमध्ये एक तिहाइको मृत्यु हुन्छ । नेपालको आँकडा हेर्ने हो भने वर्षेनी २० देखि २५ हजारलाई स्ट्रोक हुन्छ भनेको छ । तर, यो एकदम थोरै संख्याको आँकलन गरिएको छ । जनसंख्यको आधारमा हेर्ने हो भने नेपालमा वर्षमा ५० हजारको हाराहारीमा स्ट्रोक हुने गरेको अनुमान छ । नेपालको आँकडालाई ग्लोबल वर्णन डिजिजले कम अनुमान गरेको छ । नेपालमा स्ट्रोक भएकामध्ये ७० प्रतिशत रगतको नशा अवरुद्ध भएर र ३० प्रतिशत हेमोरेजिङ रगतको नशा फुटेर हुन्छ । १० प्रतिशतको स्ट्रोकको कारण मृत्यु हुने गरेको तथ्यांक देखिएछ । विश्वको तथ्यांक अनुसार हरेक ४ जनामा १ जनालाई स्ट्रोक हुने सम्भावना हुन्छ । नेपालमा हरेक १० मिनेटमा १ जनालाई स्ट्रोकले असर गर्छ ।
स्ट्रोक कसरी हुन्छ ?
स्ट्रोक दुई प्रकारको हुन्छ एउटा नशा बन्द भएर र एउटा नशा फुटेर हुन्छ । यसको चुनौती उच्च रक्तचाप, मधुमेह, मोटोपना, निस्क्रिय जीवन पद्धति, मुटुका समस्या प्रमुख कारण हुन् । यी कारणले गर्दा शरीरमा बोसो जम्ने प्रक्रिया बढ्छ र अन्ततः यसले दिमागमा जाने नशालाई बन्द गरिदिन्छ । कतिपय अवस्थामा रगतको नशा पातलो भएर नशा फुटेर पनि स्ट्रोक हुन्छ ।
बच्ने उपाय के–के छन् ?
जीवन शैली परिवर्तन, खानपान, उच्च रक्तचापको सही पहिचान र समयमा उपचार नै यसबाट बच्ने सही उपाय हो । साथै मध्यपान, धुम्रपान त्याग्नुपर्छ ।
जन्मजातै पनि हुन्छ कि ?
अनुवांशिक परिवर्तनले पनि हुन सक्छ । बच्चामा पनि देखिन्छ । तर, कारण फरक हुन्छ ।
कुन उमेर समूहमा बढी हुन्छ ?
धेरैजसो ६० वर्ष कटेपछि हुन्छ । जीवन शैलीका कारण धेरै युवापुस्तामा नै यो समस्या देखिएको छ । ६० वर्षमाथिका मानिसमा स्ट्रोक देखिने सम्भावना बढी हुन्छ । हार्टयाट्याक युवावर्गमा देखिएको छ । स्ट्रोक ४० वर्षकै उमेरका युवा पुस्तामा पनि देखिएको छ ।
स्ट्रोकको लक्षण र बिरामी कति समयमा स्वास्थ्य केन्द्रमा पुग्यो भने उपचार हुन्छ ?
सबैभन्दा पहिला स्ट्रोकका लक्षणहरु पहिचान गर्नुपर्छ । स्ट्रोकको लक्षणहरुमा हातखुट्टा कमजोर हुने, बोली लरबरिने, सन्तुलन बिग्रने, आँखाको ज्योति कम हुने हुन्छ । यस्तो अवस्थामा तुरुन्तै जतिसक्दो चाँडो अस्पताल जानुपर्छ । स्ट्रोकमा गोल्डेन आवर साढे ४ घण्टाभित्र अस्पताल पुग्न सक्यो भने नशा बन्द हुने खालको स्ट्रोकमा थर्मोलाइसिस (रगतको ढिक्का पगाल्ने औषधि) दिन सकिन्छ । अवरुद्ध भएको नशालाई खुला गरेर पुरानै अवस्थामा ल्याउन सकिन्छ । यो उपचार र औषधि सरकारले निःशुल्क रूपमा दिनुपर्छ ।
स्ट्रोक कतिको खर्चिलो उपचार हो ?
रगत जमेको फुटाउने औषधिको मात्र ६० देखि ७० हजार पर्छ । यो सामान्य व्यक्तिलाई आकस्मिकमा आउँदा एकैपटक खर्च गर्न गाह्रो हुन्छ । यसका साथै अन्य सिटिस्क्यान, इको, ईसीजी, रगत, एक्सरे, बेड चार्ज, नदेखिने परीक्षणले बिरामीलाई निकै आर्थिक भार हुने हुनाले सरकारले यसको निःशुल्क उपचार गर्नुपर्छ । यस्ता उपचारको बीमा सेवाबाट हुने व्यवस्था गर्नुपर्छ । सरकारी अस्पतालमा सिटिस्क्यान लगायत स्ट्रोक युनिटको विकास गर्न सक्यांै भने गुणस्तरीय उपचार र बिरामीको ज्यान बचाउन सकिन्छ ।
नेपालमै उपचार सम्भव छ कि छैन ?
स्ट्रोक आकस्मिक समस्या हो । विश्वस्तरमा जुन सेवा छ त्यस्तै नेपालमा पनि हुन्छ । तर, अहिले प्राइभेट र शिक्षण अस्पतालमा मात्रै सीमित छ । सरकारीस्तरमा स्ट्रोकको केयर दिन सकिराखेका छैनौं । स्ट्रोक उपचारका लागि विदेश जानुपर्ने रकेट विज्ञान छैन । विश्वका लेटेस्ट प्रविधिबाट नेपालमा उपचार भइरहेको छ ।
अन्तिममा, विशेष केही भन्नु छ कि ?
सरकारले राष्ट्रिय नीतिलाई ग्रहण गरेर हरेक अस्पतालमा प्रोटोकल लाइन ग¥यो भने, सबैतिर एउटै समान रूपमा उपचार हुने हो भने उपलब्धि पनि हुन्थ्यो । विस्तृतमा यही समिटमा एसोसियसनले तयार पारेको कार्यविधि सरकारलाई बुझाउने योजना गरेका छौं । सरकारले हरेक प्रदेशमा क्याथल्याबको व्यवस्था गर्नुपर्छ । स्ट्रोक सम्बन्धी सरकारले छुट्टै कार्यक्रम राख्नु जरुरी छ।











प्रतिक्रिया