सातबिसे डिही भोटेखालामा मोटरेवल पक्की पुल निर्माण 

3.67k
Shares

सिन्धुली। 

सिन्धुलीको सुनकोशी गाउँपालिका ५ सातबिसे डिही भोटेखालामा निर्माण भएको मोटरेवल पक्की पुलको आज (बिहीवार) उद्घाटन गरिएको छ ।  कुल २२ मिटर लामो पुलको एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले उद्घाटन गरेका हुन् । 

निर्माण कम्पनी जीवन दाहाल, जय गोरख जेभीले ठेक्का पाएको पुलको निर्माण कुल लागत ३ करोड ६० लाख ९४ हजार ४७६ रुपैयाँ रहेको छ । वि.स २०८१ साल जेठ १४ गते सम्झौता गरेको निर्माण कम्पनीले २०८२ जेठ १३ मा पुल निर्माणको कार्य सम्पन्न गरेको थियो । 

भोटेखोलामा पक्की पुल निर्माण भएपछि सुनकोशी गाउँपालिका वडा नम्बर ५, ६ र ७ का स्थानीयबासीहरुलाई आवतजावत गर्न सहज भएको छ । 

पुल उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले सम्झौतामा उल्लेख समय अवधी भित्रै पुल निर्माणको कार्य सम्पन्न गरेको भन्दै निर्माण कम्पनीलाई धन्यवाद दिए । उनले ठेकेदारको लापरवाहीले जिल्लाका कतिपय आयोजनाहरु अझै पनि बर्षौ देखि अलपत्र रहेको बताए । 

पुल उद्घाटन कार्यक्रम सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले पुल निर्माण सम्पन्न भएसँगै माथिल्लो भेगका नागरिकको दैनिक जीवनयापनमा सहजता आउने बताए । 

सुनकोशी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरथ बसेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा माओवादी केन्द्र सुनकोशी गाउँकमिटीका इन्चार्ज भेषराज दाहालसहित विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।