विच्छियामा बाढीको वितण्डा: २४ घर पूर्णक्षति, १७ घर जोखिममा, ७० बाख्रा र चार कुखुरा बेपत्ता 

बामुका ५५ परिवार सम्पर्क विच्छेद

5.08k
Shares

बाजुरा। 

 हिमाली गाउँपालिका वडानं दुई बामुखोलामा आएको बाढीले वितण्डा मच्चाएको छ । अविरल वर्षाका कारण  बुधवार दिउँसोदेखि उक्त खोलामा आएको बाढीले  दर्जनौँ. घर छाना ,विद्यालय,  बाटो , पुल र विद्युत् लगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो ।

 जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार बुधवार दिउँसो आएको अविरल वर्षका कारण हिमाली गाउँपालिका वडानं एकका १३ वटा घर पूर्ण क्षति भएको छ। वडा न.एकका ७० बाख्रा र चार कुखुरा बेपत्ता भएका छन् । त्यसैगरी वडा न. पाँचस्थित कुवाडीका ११ वटा घर गरी जम्मा २४ घर पूर्ण क्षति भएको छन् । १७ घर जोखिममा छन् ।  त्यसैगरी हिमाली गाउँपालिकाको वडानं एकको वडाकार्यालय, बिच्छियां मावि बिच्छिया , विच्छिया स्वास्थ्यचौकी कार्यालय , नाथीखोला जनविद्युत आयोजनाको विद्युत् लाइन, विच्छया खोलाको झुलंगे पूल, नेटा र देउसैनका दुइवटा पानी घट्ट, सरकारी संरचना तर्फ हिमाली गापा एक स्थित तातोपानीबाट विच्छिया आउने खानेपानीको मुहान सहित पाईपलाइृन बगाएको छ। कुवाडी जलविद्युतको नहर बगाएको छ । 

हिमाली गाउँपालिका वडा नं एक बामुका  वडाध्यक्ष जोख वहादुर भण्डारीका अनुसार विच्छ्याँका छञ्चलाल थापाको घर पूर्ण क्षेती भएको छ । उनको परिवार अहिले विच्छ्याँको वडा कार्यालयमा ओत लागेको छ। बाढीले बिच्छ्या सिमपानीका धनवहादुर बोहरा, रविलाल वोहरा, र चन्दवहादुर बोहरा लगायत तिन घरमा क्षति भएको छ ।  त्यसैगरी मुवालाका धन्सिंं वोहरा, भिमराज वोहरा लगायतका घरमा क्षेती भएको छ। बाढीले विच्छ्याँ – बामुको वाटो बन्द भएको छ । 

बोल्देमाण्डौं टिन जोड्ने निर्माणाधिन झुलंगे पूलको सामान बगाएर बेपत्ता पारिदिएको छ । त्यसैगरी विछ्याँ माविको खेलमैदान  खोलाको कटानमा परेको छ। बामुको  बिजुली बत्तीका तार पोल बगाउँदा विद्युत् लाइन अवरुद्ध भएको वडाध्यक्ष भण्डारीले टेलिफोन सम्पर्क मार्फत जानकारी गराए । विछ्याँबाट बामुजाने करिब १५ किलो मिटर बाटो तथा बामुखोालमा भएका काठे साँगु बगाउँदा आवागमन अवरुद्ध भएको छ। 

 बुधवारदेखि बामुका ५५ परिवार सम्पर्क विच्छेद भएको वडाध्यक्ष भण्डारीले बताए । बाम जाने बाटो छैन । टेलिफोन सम्पर्क छैन, केकती क्षेती भयो? यकिन छैन उनले भने ।  नेटा प्रहरी चौकीका प्रहरी र आफू कुमालासम्म गएका थियौं कुमालामाथि जाने बाटो नपाएर हामी फर्कियौं वडाध्यक्ष भण्डारलिे भने । 
गत बैशाखमा विग्रेको विच्छ्यिा टेलिफोन टावर हाल सम्म नबनाउँदा बिच्छ्यिा बामु क्षेत्रमा केकति क्षति  भयो त्यहाँको यकिन विवरण आउन नसकेको हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्ख पाण्डेले बताए । 

 बुधवार दिउँसोदेखि आएको बाडीले खोला आसपासका संरचना बगाएपछि स्थानीयलाई ओतलाग्न पनि समस्या भएको छ। बाढीपीडितलाई  तत्काल  राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । बिच्छ्यामा फोन सम्पर्क समेत नहुँदा पनि थप समस्या भएको छ ।

   विछ्याँमा बुधवार दिउँसो  आएको बाढी  पहिरोबाट मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठुलो क्षति भएको छ प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भने । अकस्मात् आएको बाढीले बिच्छ्या र कुवाडीमा ठूलो भौतिक क्षति गरेको भन्दै दुःख व्यक्त गरे । घटना दिउँसो भएको र समयमै सचेत गराउँदा  मानवीय क्षति नभए पनि भौतिक क्षति भएको भन्दै अहिले पीडितहरुको उद्धार तथा राहत हिमाली गाउँपालिकाबाट भइरहेको बताए । सहज फोन सम्पर्क पनि नभएको र विकट भएकाले अहिले क्षतिको विवरण संकलन भइरहेको बताए  ।क्षतिको यकिन विवरण आइसकेपछि जिल्ला प्रशासन, प्रदेश र संघ सरकारबाट राहतका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी पाध्याको भनाई छ । 

एक कट्टो चामल र एक एक त्रिपाल बाँडेका छौं अहिलेसम्म हिमाली गाउँपालिका र जिल्लाको अन्य राहात तथा उद्धार टोली घटना स्थलमा पुगेको छैन वडाध्यक्ष भण्डारीले भने ।