छोटो समयमा करोडपति हुने आश्वासन दिँदै प्रत्येक व्यक्तिबाट ६ लाख असुली

114.59k
Shares

बझाङ। 

बझाङ जिल्लामा लामो समयदेखि अन्तर्राष्ट्रिय संस्था युएनएफपिएका बझाङ संयाेजककाे रूपमा कामगर्ने धनबहादुर लम्साल र सोही  अन्तरगत काम गर्ने जिल्ला अस्पताल ओएमसिमा कार्यरत शान्तबहादुर खड्काले अनलाइन ठगीमा काम गर्दै आएको समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन बझाङकाे ध्यानाकर्षण भएको छ । प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले ठगीको आराेप लागेका युएनएफपिएका लम्साल र समाचार लेख्ने पत्रकारहरूसंग यस विषयमा बुझ्बिस्तार गरिएको छ । 

अनलाइन सङ्गठित ठगी कार्यमा संलग्न रहेका लम्सालले अवर्जन ट्रेडिङ्ग प्रा.लि काठमाडौँ महानगरपालिका २६ ठमेल नामको दर्ता भएको कम्पनीकाे फायलहरू लिएर सिडियाे कार्यालय लम्साल पुगेका थिए । 

पत्रकारहरूलाई बझाङका केही मान्छेहरूले लम्साल र खड्का मार्फत उक्त कम्पनीलाई ६ लाख दिएको गुनासो आएपछि पीडित पक्षको आधारमा विभिन्न संचारमाध्यम्मा अनलाइन ठगी घटना सार्वजनिक भएको थियो । 

लम्सालले प्रमुख जिल्ला अधिकारी समक्ष आफूले गल्ती गरेको महसुस गर्दै पीडितको पैसा तत्कालै कम्पनीलाई भनेर फिर्ता गर्ने बताएका छन् । 
कम्पनीलाई पैसा दिएर कम्पनीले सामान दिने कुरामा “मैले पनि कम्पनीलाई पैसा दिएको थिए । अरू साथीहरूलाई पनि उक्त नेटवर्कमा जोडिन पहल गरेको लम्सालले बताए । दुवै पक्षसंगकाे छलफलमा प्रमुख जिल्ला अधिकारीले यस्तो नेटवर्किङ अनलाइन व्यापार सङ्गठित अपराध भएको बताउँदै । पीडित ब्यक्तिले लिखित उजुरी दिएमा लम्साल लगायत यस संग जाेडिएकालाई कानुन अनुसारकाे कारबाही गरिने बताएका छन् । 

अनलाइन व्यापारमा कम्पनीका मान्छेहरूले दुईघण्टा जुम मिटिङ्ग गरेर अनलाइन व्यापार गर्नु पर्ने र छोटो समयमै करोडपति हुन्छ,भनेर छ लाख आबद्ध शुल्क भनी उठाउने गरेका छन् । यस्तो भूमिगत अनलाइन व्यापारमा बझाङका करिब २०/२५ जना जोडिएर करिब एक करोड बराबर रकम सङ्कलन भएको बुझिएको छ ।

 अनलाइन ठगीमा परेका पीडितहरूले अनलाइन व्यापारमा राम्रो कमाई हुन्छ भनेर आईएनजिओमा काम गर्ने धन बहादुर लम्साल र शान्त बहादुर खड्काले भनेपछि आफूलाई विश्वास लागेर पैसा दिएको तर अहिले बुझ्दा अनलाइन ठगी  कार्य रहेकाे बुझियाे । पैसा दिएका पीडितहरूलाई अहिले कम्पनीबाट एकडेढलाखकाे सामान दिएर बाकी पैसा नदिने भनिएपछि याे कम्पनी र यससँग जाेडिएका धनबहादुर लम्साल र शान्त बहादुर खड्का  अनलाइन ठगीको मुख्य एजेन्ट रहेको कुरा खुलासा भएको छ । यस विषयमा युएनएफपिएकाे केन्द्रीय कार्यालयसंग बुझबिस्तार गर्दा आफूहरूले लम्सालसंग यथार्थ बुझ्विस्तार गरी याे नेटवर्किङ व्यापारमा संलग्न भएको देखिए आवश्यक कारबाही गर्ने बताइएकाे छ ।

 यदि  कोही प्रभावित भएको  वा सान्दर्भिक जानकारी छ भने  प्रत्यक्ष र गोप्य रूपमा UNFPA को लेखापरीक्षण तथा अनुसन्धान सेवा कार्यालय (OAIS) मा रिपोर्ट गर्न सक्नुहुने छ।   रिपोर्टहरू निम्न माध्यमहरू मार्फत पेश गर्न सकिन्छ:

https://web2.unfpa.org/help/hotline.cfm