खोटाङ।
खोटाङमा औषधी सेवन गरी गर्भपतन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तीन जना र दिक्तेलमा मेडिकल व्यवसाय सञ्चालन गर्ने एक जना पक्राउ परेका हुन् ।
१७ हप्ताको गर्भपतन गर्ने २१ वर्षीया महिला, उसलाई सहयोग गर्ने २३ वर्षीय पुरुष र अर्की सहयोगी ३५ वर्षीया महिलालाई २३ गते र एक जना मेडिकल व्यवसायीलाई साउन २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।
स्थानीयले दिएको जानकारीपछि घटनास्थलमा गर्भपतन गराएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई गर्भ संरक्षण विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान बढाइएको मिश्रले जनाए ।
अनुसन्धानको क्रममा भएकाले पक्राउ पर्नेको नाम उल्लेख गरिएको छैन ।











प्रतिक्रिया