अबैध आयातित कपडाले नेपाली गार्मेन्ट संकटमा

4.04k
Shares

उदयपुर ।

उदयपुरको बजारमा भारतबाट अबैध रुपमा आयातित कपडा तथा अन्य सामानका कारण स्थानीय गार्मेन्ट उद्योगबाट उत्पादित लुगाहरुको र अन्य सामानको बजारमा असर परेको बताइएको छ ।

उदयपुरको स्थानीय बजारमा अबैध बाटोबाट, भन्सार छलेर ल्याइएका भारतीय उत्पादनका सामानहरुले ओगटेको छ । स्वदेशी उत्पादनले बजार पाउन नसकेको अवस्था रहेकोले स्थानीय सरकारले अबैध रुपमा भनसार छलेर बजारमा ल्याइएका सामानहरु बिक्री वितरणमा रोक लाउनु पर्ने गाईघाटका उद्यमीहरुले बताएका छन् ।

उदयपुरको गाईघाटमा हालै संचालनमा आएको कोसेली गार्मेन्टकी संचालिका तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरकी वरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधानले बैंकबाट ऋृण लिएर गार्मेन्ट उद्योग संचालनमा ल्याएको तर नेपाली बजारलाई भारतीय उत्पादनले थिचेका कारण र भन्सार छलेर अबैध रुपमा ल्याइएका सामानहरुले बजार भरिएको बताइन ।

भारतीय उत्पादन ढी अबैध बाटोबाट ल्याइन्छ न उनीहरुले भन्सार तिर्छन, न कर कार्यालयमा दर्ता हुन्छन न स्थानीय तहलाई कर तिर्छन । तर पनि स्थानीय तहले वास्ता नगरेकोमा उनले आक्रोस व्यक्त गर्दै उनले राज्यलाई नियमानुसार कर बुझाउने, स्थानीय तहमा रोजगारीको अवसर दिने उद्यमशीलताको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दा पनि नगरपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता नदिएको बताइन ।

स्थानीय सरकारले स्थानीय उद्यमी व्वसायीहरुलाई हेर्ने दृष्टिकोण साँगुरो छ । फराकिलो रुपले हेरेर स्थानीय बजारको समस्या समाधानमा, स्थानीय उत्पादनलाई गुणस्तरका आधारमा सुचिकृत गर्दै बजारमा प्राथमिकता दिएर व्यापार व्यवसाय फस्टाउने नीति तय गर्नु पर्ने प्रधानले बताइन ।

सरकारको गलत नीतिका कारण हातमा सीप वाँगर क्षमता भएका युवाहरु विदेशीन बाध्य हुनु परेको अवस्था छ । बिदेशिन बाध्य भएको जनशक्तिलाई स्वदेशमै रोजगारी दिएर समृद्धिको यात्रामा सहभागी गराउन नसक्नु सरकारको कमजोरी हो । प्राविधिक शिक्षा दिएर जनशक्ति तयार पार्ने तर रोजगारीको अवसर नदिंदा समस्या उत्पन्न भएको छ ।

बेरोजगारीको समस्या दिनहुँ जसो बढिरहेको समयमा युवाहरु अर्काको देशमा गएर पसिना बगाउन बाध्य पार्ने नीति, नियम कानुन परिमार्जन तथा संशोधन गर्नु पर्ने र उद्यमी व्यवसायी मैत्री वातावरण र कानुन आजको अपरिहार्य आवश्यकता भएको कुरामा महिला राष्ट्रिय उद्यमी समितिको राष्ट्रिय अध्यक्ष एवम् नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरकी अध्यक्ष समेत रहेकी प्रध्रानले जोड दिइन ।

उनले औद्योगिक क्रान्ति स्थानीय तहबाट नै शुरु गर्नु पर्दछ र त्यो समय अहिले आएको बताउँदै सरकारले स्वदेशी उद्योगहरुलाई संरक्षण, संवद्र्धन तथा विस्तारमा नीतिगत रुपमा वा कानुनी रुपले पनि ध्यान दिन नसकेको बताइन ।नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा महासंघ उदयपुर शाखाका निवर्तमान अध्यक्ष मधुकर थापाले उदयपुरमा करिब ६ हजार साना मझौला र ठूला उद्योग रहेको जानकारी दिंदै करिब ४० प्रतिशत उद्योग सक्रिय रुपमा संचालित रहेको र अन्य निश्क्रिय तथा कतिपय उद्योगहरु जीर्ण बन्दै गएको बताए ।

कतिपय उद्योगहरु संचालनमा रहेको भए पनि सरकारले लघु घरेलु तथा साना उद्योगको संरक्षण संवर्धन तथा बजार व्यवस्थापनमा ध्यान दिएर मुलुकलाई औद्योगिकीकरणको बाटोमा लैजान घरेलु तथा साना उद्योग कार्यालयहरु जिल्लागत रुपमा संचालनमा ल्याएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ पनि सोही उद्देश्यले स्थापना भै संचालनमा आएको हो । तर उद्देश्य अनुरुप काम नहुँदा समस्या भएको छ । तीनै तहका सरकारले यस विषयमा नीतिगत रुपमा अगाडि बढ्न उद्यमी व्यवसायी मैत्री कानुन ल्याउनु पर्दछ । सरकारी नीति नै फितलो भएकोले समय साक्षेप रुपले अघि बढनु आवश्यक भएको थापाले बताए ।

स्थानीय तहमा उत्पादित सामानहरु स्थानीय तहले नै अनिवार्य रुपमा उपयोग गर्नु पर्ने नीति ल्याएमा बाह्य उत्पादनले बजारमा प्रवेश नपाउने र स्थानीय उत्पादन ने बजारमा छरिने भएकोले उद्यम व्यवसाय फस्टाउने उनले बताए ।कोसेली गार्मेन्ट एद्योगकी संचालिका प्रधानले करिब १५ लाख लगानी गरेरगत असार २७ गतेबाट गार्मेन्ट उद्योग संचालनमा ल्याएकी छन ।

उनले हाल ३० वटा मेसिन राखेर १५ जनालाई रोजगारी दिएको र आउदो २ वर्ष भित्रमा १ सय जनालाई रोजगारी दिने गरी काम गरिरहेको बताइन । हाल उनले उदयपुरको आठवटै पाालकाको पहिचान झल्कने स्वदेशी उत्पादनको कपडामा लोगो अंकित खाँदा तथा टिशर्ट, कुर्था सुरवाल, ट्र्याकसुट बजारमा ल्याएकी छन् ।