रसुवा।
गत असार २४ गते भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा चीनको केरूङमा रोकिएका १६९ जना नेपाली नागरिकहरू आज दोस्रो चरणमा नेपाल फर्कँदै छन्।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार, साउन २८ गते बिहान ती नेपालीहरू केरूङबाट तातोपानी नाका तर्फ प्रस्थान गरेका छन्। नेपालतर्फको यातायातको व्यवस्था सिन्धुपाल्चोकका स्थानिय प्रशासन र पालिकाले गरेका छन् भने चीनतर्फको व्यवस्थापन चिनियाँ सरकारले गरेको छ।
पुल मर्मत नहुँदा रसुवागढी नाकाबाट आउन नसकेका कारण नेपालीहरू तातोपानी नाकाबाट प्रवेश गरिरहेका छन्। यसअघि केरूङमा गम्भीर बिरामी भएका एक नेपालीलाई र उनका सहयोगीलाई नेपाल ल्याइसकिएको थियो। साउन ७ गते दोस्रो ठूलो उद्धार प्रयासमा तातोपानी नाकाबाट २०३ जना नेपाली फर्किएका थिए।
बाढीका कारण अड्किएका अन्य नेपाली नागरिकहरूलाई पनि उच्च प्राथमिकतामा उद्धार गरिने जानकारी प्रशासनले दिएको छ।












प्रतिक्रिया