रौतहट ।
बालमैत्री स्थानीय शासन व्यवस्था कार्यान्वयन नहुदा रौतहटका अधिकास पालिकाका बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन । स्थानीय तहले बनाउने नीति कार्यक्रम र योजना निर्माणमा बालबालिकाहरु प्राथमिकता नपरेका कारण उनीहरुले पाउनु पर्ने शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षा कार्यक्रमबाट वञ्चित हुने बालबालिका समेत नगन्य रहेका छन् । रौतहटका केही पालिकाले बालमैत्री नीति बनाएपनि प्रभावकारी कार्यान्वयन गर्न सकेका छैनन् ।
अधिकांश पालिकामा बालमैत्री बजेट छुट्याइए पनि त्यो खर्च योजना र आवश्यकताको आधारमा नभई देखावटी रूपमा मात्र हुने गरेको आरोप समेत रहेको अवस्थामा रौतहटको माधव नारायण नगरपालिका वडानम्बर ८ लाई बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता गरिएको छ । माधब नारायण नगरपालिका वडानम्बरर ८ को आयोजनामा भएको एक विशेष समारोहका बीच नगर प्रमुख बैजुनाथ प्रसाद यादब, प्रमुख जिल्ला अधिकारी बिनोद खडका पालिकाका स्वास्थ्य, शिक्षा शाखा र स्वयमसेबिकाहरु, जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले बालमैत्री शासन प्रणाली लागू गर्न प्रतिबद्धता व्यक्त गरेका हुन ।
प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादबले एक बर्ष भित्र बालमैत्री स्थानीय शासन हुने बताए । समारोहमा माधव नारायण नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादवले घरपरिबार बाटै पहिले संस्कारमा परिवर्तन ल्याउनु पर्ने बताए । घरपरिबारबाट आफना सन्तानलाई सत्कर्ममा डोरयाउन जब सुरु हुन्छ त्यसपछिनै स्थानीय सरकारले लागु गरेको बालमैत्री शासन प्रभाबकारी हुने उनले बताए । प्रमुख जिल्ला अधिकारी विनोद खडकाले आजका बालबालिका भोलिका कर्णधार भएकाले उनीहरुको शिक्षा, दीक्षा, स्वास्थ्यमा घरपरिबारले ध्यान दिन जरुरी रहेको बताए ।
स्थानीय सरकारले समेत बालबालिकाहरुको निम्ति बजेट बिनियोजन गरेर उनीहरुको सामाजिक जीबनमा रुपान्तरण गर्नु पर्ने बताए । कार्यक्रममा सहभागी सरोकारवाला प्रतिनिधिहरुले बालबालिकाको अधिकार, संरक्षण र सहभागिता सुनिश्चित गर्न नगरपालिका स्तरमा बन्ने नीति, कानुन र योजनाहरू बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण विकास केन्द्र नेपालको सहकार्यमा उक्त वडा लाई बालमैत्री स्थानीय शासन सञ्चालन गरिने कार्यक्रम अघि सारिएको हो ।











प्रतिक्रिया