गाजामा फेरि एकपटक निर्दोष पत्रकारहरूको रगत बगाइएको छ । अलजाजिराका अनस अल–सरिफ, मोहम्मद क्रेइक, इब्राहिम जाहेर, मोआमन अलिवा र मोहम्मद नुफल गरी पाँचजना साहसी सञ्चारकर्मीलाई हवाई आक्रमणमार्फत इजरायली सेनाले हत्या गरेको खबरले विश्वलाई स्तब्ध बनाएको छ । यो आक्रमण सिफा अस्पतालअगाडि सञ्चारकर्मीहरूका लागि राखिएको मिडिया टेन्टमा गरिएको थियो ।
यहाँ उनीहरू केवल सत्य उजागर गर्न, संसारलाई युद्धको भयावह अवस्था देखाउन खटिएका थिए । इजरायलले सरिफलाई हमासको सदस्य भएको आरोप लगाएको छ तर यो दाबीलाई कुनै स्वतन्त्र प्रमाणले पुष्टि गरेको छैन । यसअघि पनि त्यहाँका पत्रकारहरूलाई ‘आतंकवादी’ भनी बदनाम गर्दै हत्या गर्ने प्रवृत्ति देखिएको थियो । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार, अक्टोबर ७, २०२३ देखि अहिलेसम्म कम्तीमा १८६ पत्रकार र मिडिया कर्मचारीको ज्यान गएको छ ।
जसमा १७ जना प्रत्यक्षरूपमा लक्षित गरी हत्या गरिएको प्रमाणित भइसकेको छ । यस्तो निरन्तरताले केवल आकस्मिक घटना नभई योजनाबद्ध दमन हो भन्ने स्पष्ट हुन्छ । पत्रकारहरूको हत्या केवल व्यक्तिगत जीवनमाथिको आक्रमण मात्र होइन, यो प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको ठाडो उल्लंघन हो । गाजामा मारिएका यी पत्रकारहरू केवल रिपोर्टर मात्र थिएनन्, उनीहरू युद्धको सच्चा चित्र प्रस्तुत गर्ने आँखा थिए, जसलाई बन्द गर्न इजरायलले हतियार प्रयोग गरेको छअन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू, पत्रकारहरुका विभिन्न संस्था र जिम्मेवार मुलुकहरूले यस्ता अपराधविरुद्ध ठोस कदम चाल्नुपर्ने हो । तर दुर्भाग्य ! शक्तिशाली मुलुकहरू प्रायः मौन बस्छन् ।
किनकि पीडित प्यालेस्टाइनी छन् र अपराधी इजरायल, जसको शक्तिशाली राजनीतिक, आर्थिक र सैन्य सहयोगीहरू छन् । यस मौनताले इजरायललाई अझ साहस दिएको छ कि उसले जे गरे पनि अन्तर्राष्ट्रिय कारबाहीको जोखिम न्यून नै छ । यो केवल पत्रकारहरूको मात्र मुद्दा होइन, सम्पूर्ण मानवताको मुद्दा हो । यदि सत्य बताउने कलमलाई बन्दुकले चुप पार्ने परम्परा स्थायी बन्दै गयो भने भविष्यमा कुनै पनि युद्ध, कुनै पनि अपराध र कुनै पनि अत्याचार उजागर हुने आशा हराउनेछ । प्रेस स्वतन्त्रताको हत्याले लोकतन्त्रको मुटुमा प्रहार गर्छ र यो प्रहार गाजा मात्र होइन, विश्वका सबै स्वतन्त्र आवाजहरूका लागि खतरनाक सन्देश हो ।
इजरायलले युद्धको नाममा गरेको यो निरन्तर मानवअधिकार उल्लंघन र युद्ध अपराधको निन्दा गर्नै पर्छ । दोषीहरूलाई अन्तर्राष्ट्रिय कानुनी मञ्चमा तान्नु, युद्ध अपराधको अभियोग चलाउनु र पीडितलाई न्याय दिलाउनु अन्तर्राष्ट्रिय समुदायको कर्तव्य हो । जुनसुकै देश होस्, मानव नरसंहार र प्रेसमाथिको योजनाबद्ध आक्रमणको कुनै औचित्य हुन सक्दैन ।
शक्तिशाली राष्ट्रले जे गरे पनि साना मुलुक, पीडित जनता र निर्बल आवाजहरूले सदैव मौन सहनुपर्ने हो ? यदि हामी आज आवाज उठाउँदैनौं भने भोलि यो मौनता हाम्रो आफ्नै स्वतन्त्रताको चिहान बन्नेछ । समय आएको छ, विश्वले इजरायलको यो अमानवीय कदमको एकमुखी निन्दा गर्दै युद्धको यो अन्धकारमा सच्चाइको दियो बाल्ने पत्रकारहरूको सुरक्षा गर्न ठोस कदम चालोस् । सत्यको रक्षा मानवताको रक्षा हो, यसलाई रोक्न सकिँदैन र रोक्न दिनुहुँदैन ।
इजरायली युद्ध–अपराधको विश्वव्यापी निन्दा
गाजामा फेरि एकपटक निर्दोष पत्रकारहरूको रगत बगाइएको छ । अलजाजिराका अनस अल–सरिफ, मोहम्मद क्रेइक, इब्राहिम जाहेर, मोआमन अलिवा र मोहम्मद नुफल गरी पाँचजना साहसी सञ्चारकर्मीलाई हवाई आक्रमणमार्फत इजरायली सेनाले हत्या गरेको खबरले विश्वलाई स्तब्ध बनाएको छ । यो आक्रमण सिफा अस्पतालअगाडि सञ्चारकर्मीहरूका लागि राखिएको मिडिया टेन्टमा गरिएको थियो ।
यहाँ उनीहरू केवल सत्य उजागर गर्न, संसारलाई युद्धको भयावह अवस्था देखाउन खटिएका थिए । इजरायलले सरिफलाई हमासको सदस्य भएको आरोप लगाएको छ तर यो दाबीलाई कुनै स्वतन्त्र प्रमाणले पुष्टि गरेको छैन । यसअघि पनि त्यहाँका पत्रकारहरूलाई ‘आतंकवादी’ भनी बदनाम गर्दै हत्या गर्ने प्रवृत्ति देखिएको थियो । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार, अक्टोबर ७, २०२३ देखि अहिलेसम्म कम्तीमा १८६ पत्रकार र मिडिया कर्मचारीको ज्यान गएको छ ।
जसमा १७ जना प्रत्यक्षरूपमा लक्षित गरी हत्या गरिएको प्रमाणित भइसकेको छ । यस्तो निरन्तरताले केवल आकस्मिक घटना नभई योजनाबद्ध दमन हो भन्ने स्पष्ट हुन्छ । पत्रकारहरूको हत्या केवल व्यक्तिगत जीवनमाथिको आक्रमण मात्र होइन, यो प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको ठाडो उल्लंघन हो । गाजामा मारिएका यी पत्रकारहरू केवल रिपोर्टर मात्र थिएनन्, उनीहरू युद्धको सच्चा चित्र प्रस्तुत गर्ने आँखा थिए, जसलाई बन्द गर्न इजरायलले हतियार प्रयोग गरेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू, पत्रकारहरुका विभिन्न संस्था र जिम्मेवार मुलुकहरूले यस्ता अपराधविरुद्ध ठोस कदम चाल्नुपर्ने हो । तर दुर्भाग्य ! शक्तिशाली मुलुकहरू प्रायः मौन बस्छन् । किनकि पीडित प्यालेस्टाइनी छन् र अपराधी इजरायल, जसको शक्तिशाली राजनीतिक, आर्थिक र सैन्य सहयोगीहरू छन् । यस मौनताले इजरायललाई अझ साहस दिएको छ कि उसले जे गरे पनि अन्तर्राष्ट्रिय कारबाहीको जोखिम न्यून नै छ ।
यो केवल पत्रकारहरूको मात्र मुद्दा होइन, सम्पूर्ण मानवताको मुद्दा हो । यदि सत्य बताउने कलमलाई बन्दुकले चुप पार्ने परम्परा स्थायी बन्दै गयो भने भविष्यमा कुनै पनि युद्ध, कुनै पनि अपराध र कुनै पनि अत्याचार उजागर हुने आशा हराउनेछ । प्रेस स्वतन्त्रताको हत्याले लोकतन्त्रको मुटुमा प्रहार गर्छ र यो प्रहार गाजा मात्र होइन, विश्वका सबै स्वतन्त्र आवाजहरूका लागि खतरनाक सन्देश हो ।

प्रतिक्रिया