काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन


काठमाडौँ
नेपालकै पहिलो र एकमात्र पूर्ण भिट्रिफाइड टायल्स उत्पादक कम्पनी लेमिनार टायल्सले काठमाडौंको थलीमा आफ्नो नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ ।

थलीस्थित सुपर सप्लायर्स प्रा.लि.लाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै कम्पनीले शुक्रबार एक औपचारिक समारोहबीच ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरेको हो ।

उद्घाटन समारोहमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ, लेमिनार टायल्सका निर्देशक श्याम खेतान र आशुतोष खेतानले संयुक्त रूपमा शोरूम उद्घाटन गर्नुभयो ।

समारोहमा बोल्दै निर्देशक श्याम खेतानले कम्पनीले देशभर १०० भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिनुभयो । अर्का निर्देशक आशुतोष खेतानले लेमिनार टायल्स बलियो, टिकाउ र अन्य टायल्सभन्दा ब्रेकिङ स्ट्रेन्थ तथा लोड बियरिङ क्षमता धेरै रहेको दाबी गर्नुभयो ।

बर्दिया जिल्लाको गुलरिया स्थित १२.५ बिगाहा क्षेत्रफलमा स्थापना गरिएको अत्याधुनिक युरोपियन प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स उत्पादन हुँदै आएको छ । कम्पनीले पाँच फरक साइजमा ५०० भन्दा बढी आकर्षक डिजाइनका टायल्स बजारमा ल्याइसकेको छ ।

लेमिनारका टायल्सहरू ९९.९२% वाटरप्रुफ हुने पूर्ण भिट्रिफाइड टायल्स हुन् । उच्च गुणस्तरको कच्चा पदार्थ र उन्नत उत्पादन प्रक्रियाका कारण यी टायल्स अन्य सामान्य सिरेमिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीको दाबी छ ।