स्याङ्जा।
जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दामध्ये अधिकांश सम्बन्ध विच्छेद (डिभोर्स) का मुद्दा रहेका छन् । आर्थिक वर्ष २०८१-०८२ मा दर्ता भएका १ हजार ७ मुद्दामध्ये ५ सय २१ मुद्दा सम्बन्ध विच्छेदका मात्रै रहेका थिए । अदालतमा कुल दर्ता नयाँ मुद्दामध्ये ६० प्रतिशत सम्बन्ध विच्छेदका छन् । पुराना (जिम्मेवारी सरेका) ८७ सहित सम्बन्ध विच्छेदका कुल ६ सय ८ मुद्दा मध्ये ५ सय १८ मुद्दा फछ्र्यौट भएर ९० वटा मात्रै मुद्दा फछ्र्यौट हुन बाँकी छन् । पुराना १६ नयाँ ८५ सहित वैवाहिक सम्बन्ध अन्त्य तर्फका १ सय १ मुद्दामा ७७ फछ्र्यौट हुँदा २४ मुद्दा बाँकी रहन गएको अदालतका श्रेष्तेदार भूमि प्रसाद शर्माले जानकारी दिए ।
अदालतमा पुरानो र नयाँ समेत १ हजार ३ सय ५९ मुद्दा रहेकोमा १ हजार ४४ अर्थात ७६.८२ प्रतिशत मुद्दा फछ्र्यौट भएको श्रेष्तेदार शर्माले जानकारी दिए । उनले ३ सय १५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जनाउँदै दुई वर्षभन्दा बढी समयका पुराना मुद्दा नरहेको बताए । आर्थिक वर्ष २०८१-८२ मा अदालतमा दर्ता भएका अंशबण्डा ६६, लेनदेन ३०, जालसाजी २५, मानाचामल २२, चेक अनादर र लिखित बदर १७-१७ वटा, घरेलु हिंसा ४, जबरजस्ती करणी १७, बहुविवाह २, किर्ते २, लागू औषध १६, चोरी १७, कर्तव्य ज्यान १४, अभद्र व्यवहार ९, जग्गा सम्बन्धी १३, बैंकिङ कसुर १४ र अन्यतर्फ (निषेधाज्ञा, वन मुद्दा, पुनरावेदन, जुवातास, मिलापत्र बदर, हातहतियार, दामासाही आदि) १ सय १६ गरी १ हजार ७ वटा मुद्दा थिए ।
अदालतमा पुराना ६० र नयाँ १ सय ६९ गरी २ सय २९ दण्ड जरिवाना तर्फका मुद्दामा १ सय ६० को फछ्र्यौट गरी ६९ मुद्दा मात्रै बाँकी रहेका छन् । दण्ड जरिवाना तर्फ ४ अर्ब २९ करोड ५८ लाख ५८ हजार ७३ रुपैयाँ र कैदतर्फ १ हजार ५ सय १९ वर्ष ७ महिना १३ दिन असुल गर्नुपर्नेमा अदालतले नगदतर्फ ४ अर्ब ११ करोड ७८ लाख २ सय ९५ असुल गरेको छ भने कैदमा ४ सय ५७ वर्ष ११ महिना ४ दिन असुल गरेको जनाएको छ । दण्ड जरिवाना तर्फ ६९ मुद्दाका १ हजार ६१ वर्ष ८ महिना ९ दिन असुल गर्न बाँकी रहेर आर्थिक वर्ष २०८२-०८३ मा जिम्मेवारी सरेको जिल्ला अदालतले जनाएको छ । दण्ड तथा जरिवाना असुलमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले समेत महत्वपूर्ण सहयोग पु¥याएको अदालतले जनाएको छ ।
जिल्ला न्यायाधीश बासुदेव पौडेलले आर्थिक वर्ष २०८१-०८२ मा ६८ प्रतिशत मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएकोमा ७६.८२ प्रतिशत अर्थात ९ प्रतिशत बढी मुद्दा फछ्र्यौट गर्न अदालत सफल भएको जानकारी दिए । फछ्र्यौटका आधारमा स्याङ्जा अदालत गण्डकी प्रदेशमै उत्कृष्ट अदालत बन्न सफल भएको सुनाए । मुद्दा फछ्र्यौटमा जिल्लाका सरकारी निकाय, नागरिक समाज, पत्रकारलाई धन्यावाद दिर्दै जिल्ला न्यायधिश बासुदेव पौडेलले अदालतले कार्य सम्पादन गर्दा हुने गल्तीलाई सकारात्मक आलोचना मार्फत सुधारको सुझाव दिन आग्रह गरे । अदालतको सेवा प्रवाहमा सबै पक्षसँग हातेमालो गरे अगाडी बढिने समेत उनले बताए।











प्रतिक्रिया