गाजामा अल जजिराका चार पत्रकारको मृत्यु


काठमाडौँ ।

गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भएको छ। निधन हुनेमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैकेह, क्यामेरा सहायक इब्राहिम जाहेर र मोहम्मद नुफाल रहेका छन्।

अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो। आक्रमणपछि इजरायली सेनाले अनस अल–शरीफलाई हमासको आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरे पनि अल जजिराले यसलाई असत्य र पत्रकारमाथिको ‘उत्तेजना अभियान’को हिस्सा भएको बताएको छ।

‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’का अनुसार अक्टोबर २०२३ देखि गाजामा इजरायली सैन्य कारबाहीमा १८६ पत्रकारको ज्यान गइसकेको छ।