लागूऔषधमा उनान्नब्बे थान मुद्दा दर्ता, एक सय चालिस पक्राउ

1.32k
Shares

उदयपुर। 

 जिल्ला प्रहरी कार्यालय उदयपुरमा आर्थिक वर्ष २०८१। ०८२ मा लागुऔषध सम्बन्धी ८९ थान मुद्दा दर्ता भएको छ भने पुरुष र महिला गरी जम्मा १ सय ४० जना मानिस पक्राउ गरी कारबाही अघि बढाइएको छ ।

आ.ब.२०८१।०८२मा २ महिला पुरुष १३८ जना गरी जम्मा १४० जना लागूऔषध सेवनकर्ता पक्राउ गरिएको छ भने लागु औषधको कारोबार गर्नेहरुमा १० महिला र १३ पुरुष गरी २३ जना पक्राउ गरिएको र महिलाहरुमा २० वर्षदेखि ५५ वर्षसम्मका १२ जना, १सय ५१ जना पुरुष गरी १सय ६३ जना पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाभरीको तीन वर्षको लागु औषध सम्बन्धी विवरण सार्वजनिक गर्दै आ.ब.२०७९।०८०मा ६३ थान मुद्दा दर्ता गरेकोमा ३ महिला सहित ९६ जना पुरुष गरी ९९ जना पक्राउ गरेको छ । पक्राउ परेकामा ८४ जना पुरुष लागु औषध सेवनकर्ता रहेको,३ महिला र १२ पुरुष गरी १५ जना लागु औषध कारोबारमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

यस आ.बमा १ हजार ८सय ४ एम्पुल सुई,१ हजार १सय ४९ थान गोटी, १ सय ५१ केजी ५७१ ग्राम गाँजा, ९ बोतल डिकोफ, १५.३२२ ग्राम ब्राउन सुगर पक्राउ गरेको जिल्ला८प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी आ.ब.२०८०।०८१मा पनि लागु औषध सम्बन्धी ८९ थान मुद्दा दर्ता भएको, ६ जना महिला र १३६ जना पुरुष गरी जम्मा १सय ४२ जना पक्राउ परेका छन । यस आ.ब.मा लागु औषध सेवनकर्ता महिला २ जना र पुरुष १ सय २६ गरी १सय २८ जना र कारोवारमा संलग्न हुनेमा ४ महिला र १० पुरुष गरी १४ जना रहेका छन् । पक्राउ गरिएको लागु औषधमा २ हजार २ सय ९ एम्पुल सुई,७सय ३७ थान गोटी,७सय४० केजी ९ ग्राम गाँजा ५ बोतल डिकोफ, २सय १३.११२ ग्राम ब्राउन सुगर, पोल्याण्ड १२६ ग्राम, डिकोफ लगायत अन्य प्रतिबन्धित औषधी १३ हजार ६सय ४९चक्की र चरेश ४ं.१९० ग्राम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक केदारमान दोङले बताए । 

आ.ब.२०८१।०८२मा सुई १ हजार ३सय ४३ एम्पुल,गोटी २९ हजार १सय ७४ थान,गाँजा ३ हजार ५सय ८१ किलो ७७९ ग्राम , ब्राउन सुगर १७.११३ ग्राम, र चरेस ६० मिलिग्राम पक्राउ गरेको छ । विगतका वर्षहरुको तुलनामा गाँजाको कारोबारमा र अन्य प्रतिबन्धित लागु औषधको कारोबारमा महिलाहरुको संख्या बढेको छ । जिल्ला भरीमा २सय १२ रोपनीमा लगाइएको २लाख ६१ हजार६सय ९७ बोट गाजा नष्ट गरिएको र लागु औषध सम्बन्धी ८सय २४ वटा सचेतना कार्यक्रम संचालन गरिएको सूचना अधिकारी तथा प्रनाउ दोङले बताए ।