पाल्पामा परम्परागत गाइजात्रा पर्व मनाइयो 


पाल्पा। 

वर्षाे पहिलेदेखि जात्राको विशिष्ट परम्परा वोकेको पाल्पा जिल्ला सदरमुकाम तानसेन र पाल्पामा  आइतबार  गाईजात्रा पर्व  मनाइएको छ । नेवारहरुको वाक्लो वस्ती भएको तानसेनमा काठमाण्डौं पछि सबैभन्दा धेरै जात्रा मनाइने भएकाले जात्रैजात्राको शहरका रुपमा पनि चिनिन्छ । 

धार्मिक एवंम सास्कृतिक पर्वको रुपमा परम्परागत रुपमा मनाइने यस पर्वलाई भाद्र कृष्ण प्रतिपदाका दिनको गाइजात्राको रुपमा मनाउने गरिन्छ ।

  यस पर्वमा दिवंगत भएका घरको आफ्न्तहरुले मानिसलाई गाईको रुपमा सिँगारेर परिक्रमा गराइने प्रचलन  रहेको छ । यसरी परिक्रममा गर्नले मृतकले गाईको पुच्छर समाती बैतरनी पार हुन्छन् भन्ने धार्मिक जन विश्वास रहेको छ । यही  परम्परा अनुसार  विहानैदेखी  सदरमुकाम तानसेन लगायत आसपासका नेवारी बस्तीमा गाईजात्रा निकालिएको थियो  ।

 दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाइजात्रा निकाल्ने घरबाट भगवान राम, सिता, लक्ष्मण, कृष्ण, राधाको रुपमा वालवालीकालाई सिगारेर निगुणर््ा भजन, रामायण गाउदै दिवंगत आत्माको शान्तीको कामना गर्दै, बजार घुमाएका थिए   । यसैगरि मृतकका परिवारहरुले भजन गाउदै निगुर्ण पनि निकालेका छन् । 

    त्यसो त तानसेनमा निकालिने हरेक गाईजात्राहरुले अनिवार्य रुपमा पाल्पा दरवारमा लैजाने परम्परा आजसम्म पनि कायम रहेको छ । सरकारी निकायको प्रमुख थलो मानिएको दरवारमा गाईजात्रा नदेखाएमा सरकारले मृतकहरुको रेकर्ड राख्न सक्दैन भन्ने परम्परागत मूल्य मान्यताका साथ दरवारमा गाईजात्रा लगिने गरिएको हो ।

राजा प्रताप मल्लले शोकमा परेकी रानी लाई अनेक कोशिस गर्दा समेत सम्झाउन नसकेपछि तिमीलाई जस्तो पिडा जनताहरु लाई पनि परेको छ भनी बुझाउन र बर्षभरीमा आफ्नो राज्यमा कति जनताहरुको मृत्यु भएको रहेछ भने सूचना प्राप्त गर्नको लागी मृतकको घरबाट गाईजात्रा निकाल्ने परम्पराको सुरुवात भएको मानिन्छ । आर्थिक अभाव कम भएका घरपरिवारले भने गाई लाई डो¥याएर बजार परिक्रमा गरी गाईजात्रा मनाउदै आएका छन् ।  

पाल्पाको सदरमुकाम तानसेन, वाहेक वर्तुङ्ग हार्थोक, रिडी, ताहु, , सिलुवा, वीरकोट लगायतका ठाउमा पनि  गाईजात्रा निकालिएको थियो । नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ ।

गाई जात्राको दिन आज मंगलवार तानसेन नगरपालिकाले स्थानीय बिदा दिएको थियो । नगर प्रमुखस्तरीय बैठकबाट आईजात्राको दिन अर्थात् भदौं ४ गते एक दिनका लागि स्थानीय बिदा दिने निर्णय गरेको थियो । बिदाको दिन नगर कार्यपालिकाको कार्यालयसहित मातहतको सबै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयसहित अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द रहेका थिए ।