रौतहट ।
एनआईशी एशिया बैकले लामो समयदेखि सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम वितरण नगरेर लाभग्राहीलाई पीडित बनाएको छ । कर्मचारीको अभाव देखाएर बैकले भत्ताको रकम वितरण नगरी बैकमै थन्काएर राखेको छ ।
रौतहटको गुजरा नगरपालिकाकाको सिमरा भबानीपुरमा रहेको एनआईसी एशिया बैकले एक वर्ष देखिको बालपोषण भता वितरण गरेको छैन भने गत असार ११ गते बैकको खातामा जम्मा गरेको सामाजिक सुरक्षा भता लाभग्राहीलाई वितरण नगरेर बैकमै थन्काएको छ । उता ज्येष्ठ नागरिकहरुले भने भत्ता पाउन ढिलाइ भएको भन्दै आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । गुजरा नगरपालिकाको तथ्याक अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालपोषण भताबुझ्ने ने संख्या रहेका छन । ज्येष्ठ नागरिकको भत्ताको लागि नगरपालिकाले गत असार ११ गते ५ करोड बैकमा जम्मा गरेको थियो भने बालपोषणको लागि ९४ लाख रुपैया बैकमा रहेको छ ।
बैकका कर्मचारीले रकम वितरण नगर्दा लाभग्राहीहरु मर्कामा परेका छन । उनीहरु लाई राज्यले हेरबिचार र पोषिलो खानेकुराको लागि भत्ताको ब्यबस्था गरेको भएपनि बैक कर्मचारीहरुको उदाशिनताले बैक धाउने र घर फर्कनेमै दैनिकी बितिरहेको छ । एनआईशी एशिया बैकका म्यानेजर सदेउ प्रवेजले तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम बितरणमा ढिलो भएको बताए । पालिकाले त्रैमासिक रुपमा लाभग्राहीको भत्ताको रकम बैकमा जम्मा गरिदिने गर्दछ तर बैकले भने रकम होल्ड गरेर वितरण गर्नुको बदला उनीहरुको रकम व्यवसायीलाई लगानी गर्ने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो ।
गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदय नारायाण देबकोटाले लाभग्राहीले समयमै भत्ता रकम पाउन भनेर बेलामै भत्ता रकम बैकमा जम्मा गर्ने गरेको बताए । लामो समय देखि बैकले वितरण नगर्दा ज्येष्ठ नागरिकहरु नगरपालिका प्रति आक्रोशित भएका हुन ।











प्रतिक्रिया