देशका पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौँ ।

मनसुन सक्रिय रहेकाले आइतबार देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।

राति पनि पहाडी र केही तराई भू–भागमा वर्षा जारी रहने सम्भावना छ।

मौसममा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।