बौद्ध इन्टरनेशनल इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु


काठमाडौँ। 

उपत्यकाव्यापी बौद्ध इन्टरनेशनल इन्टर स्कुल बास्केटबल (बिआईबि) प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । आठौं संस्करणको बिआईबि बास्केटबल प्रतियोगिता नेपाल बास्केटबल एसोसियसनका अध्यक्ष भिमसिंह गुरूङको प्रमुख आतित्थ्यतामा शुक्रबारदेखि बौद्ध इन्टरनेशनल स्कुलमा सुरु भएको हो । १९ दिनसम्म चल्ने यो प्रतियोगितामा छात्र र छात्रा समुहका ३७ टोली उपाधि होडमा छन् ।

 “अन्तर विद्यालय प्रतियोगितामा यो वर्ष २५ वटा विद्यालय सहभागी रहेको ८ औं संस्करणमा २१ छात्र र १६ छात्रा टोला सहभागी छन् । विजेता विद्यालयले ट्रफि मेडल पाउनेछन् ।” बिआईएस बास्केटबल प्रतियोगिताका आयोजक बौद्ध इन्टरनेशनल स्कुलका प्रधानाध्यापक हरि लामाले जानकारी दिए ।