काठमाडौँ
डिसहोमले हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ ।
यस साझेदारीअन्तर्गत, डिसहोमका ग्राहकले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २० प्रतिशत छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउने भएका हुन् ।
“सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं,” डिशहोमका सीईओ तारा मानन्धरले भन्नुभयो ।
डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केबल सक्रिय डिशहोम ग्राहकका लागि माइ डिसहोम एपमा उपलब्ध छ ।
ग्राहकले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटमा कार्ड देखाएर छुट लिन सक्नेछन् ।











प्रतिक्रिया