काठमाडौ ।
काभ्रेको बनेपाबाट मोटरसाइकल चोरी गरेको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पनौती नगरपालिका–२ का २० वर्षीय विवेक तामाङ र बनेपा नगरपालिका–९ का १९ वर्षीय निरन विश्वकर्मा छन्।
श्रावण १९ गते राति पार्किङ गरिएको २०० सिसिको मोटरसाइकल चोरी भएको थियो। अनुसन्धानका क्रममा मोटरसाइकल विवेक तामाङको घरमा फेला परेको हो।
श्रावण २२ गते बिहान दुवै जना लुकीछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूविरुद्ध चोरी मुद्दामा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ।











प्रतिक्रिया