काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी र रक्षाबन्धनको अवसरमा देश-विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना दिएका छन्।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले यस्ता पर्वहरूले आपसी सम्बन्ध, प्रेम र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।
उनले विविधता भएको नेपाली समाजमा यस्ता चाडपर्वहरूले राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुर्याउने उल्लेख गरेका छन्।











प्रतिक्रिया