प्रचण्डद्वारा जनैपूर्णिमा, रक्षाबन्धन र ऋषितर्पणीको शुभकामना


काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनैपूर्णिमा, रक्षाबन्धन र ऋषितर्पणी पर्वको अवसरमा शुभकामना दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र आपसी सद्भावनाको कामना गरेका हुन्।