काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेकी छन्।
उहाँले जनै पूर्णिमालाई आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक बताउँदै यस पर्वले धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो। साथै, रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयता प्रगाढ बनाउने उल्लेख गर्नुभयो।
पूर्वराष्ट्रपति भण्डारीले क्वाँटी खाने परम्पराले नेपाली मौलिक ज्ञान, खानपान संस्कृति, जैविक विविधता र स्वास्थ्यप्रतिको चेतनालाई उजागर गर्ने बताइन्।
उहाँले यस्ता सांस्कृतिक पर्वहरूले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सबैमा शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्नुभयो।












प्रतिक्रिया