काठमाडौं ।
सिरहाको नरहा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीचको विवादका कारण नयाँ खरिद गरिएको एम्बुलेन्स चार वर्षदेखि संचालनमा आउन नसकेको छ।
रेडक्रसको चोहर्वा कार्यालय परिसरमा त्रिपालले छोपेर राखिएको एम्बुलेन्स अब बिग्रिने अवस्थामा पुगेको छ। गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले एम्बुलेन्स पालिकाको सम्पत्ति भएकोले आफूहरुले नै सञ्चालन गर्ने बताए। तर, रेडक्रस सिरहाका सभापति राजदेव यादवले रेडक्रसले नै सञ्चालन गर्ने सहमति अनुसार खरिद भएको जिकिर गरेका छन्।
वर्षौंदेखिको विवादका कारण सेवा दिनुपर्ने एम्बुलेन्स थन्किँदा जनताले स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको छ।











प्रतिक्रिया