काठमाडौं ।
नेपाल तरुण दल सिन्धुलीले बीपी कोइरालाको पुर्खौली जन्मथलो सुनकोशी गाउँपालिकाबाट पालिका अधिवेशन सुरु गरेको छ। शुक्रबार सम्पन्न पाँचौं अधिवेशनले छेडुप मोक्तानको अध्यक्षतामा १४ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो।
समितिका उपाध्यक्षहरूमा अम्मर बहादुर श्रेष्ठ र मन्दिरा श्रेष्ठ, सचिवमा पुरुसोत्तम थापा, सह सचिवमा बद्रीराज थापा, कोषाध्यक्षमा शेखर सारु पदाधिकारी लगायत ८ जना कार्यसमिती सदस्य चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलले लोकतान्त्रिक पद्धतिमार्फत् समानता, स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताए। अधिवेशनमा कांग्रेसका नेताहरू तथा भ्रातृ संगठनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।











प्रतिक्रिया