काठमाडौं ।
मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा कार्यरत बागलुङका २३ वर्षीय हिमाल विक धुम्बा खोलाले बगाउँदा बेपत्ता भएका छन्। शुक्रबार च्याउ टिप्न जंगल गएका बेला खोलाको पानीको बहाव अचानक बढ्दा विक बगाएका हुन्। श्रीमतीसहित पाँच जनाको समूह जंगल जाँदै गर्दा दुर्घटना भएको हो।
घटनापछि डिल्लीजङ्ग गुरुङले प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रमुख छिरिङ किप्पा लामाको नेतृत्वमा दुई टोली परिचालन भई खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटनास्थल जिप्रका मुस्ताङबाट करिब सात किलोमिटर टाढा रहेको छ।











प्रतिक्रिया